सरकारी अस्पतालमा तयारी शून्य : बिरामीको सम्पर्कमै आउँदैनन् डक्टर

सरकारी अस्पतालमा तयारी शून्य : बिरामीको सम्पर्कमै आउँदैनन् डक्टर

पोखरा : प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एउटा बोर्ड छ—अस्पताल प्रवेश गर्ने सम्पूर्ण व्यक्तिले अनिवार्य रुपमा ज्वरो जाँचेरमात्रै प्रवेश गर्न अनुरोध गरिन्छ। तर आइतबार यो अस्पताल प्रवेश गर्नेहरुलाई ज्वरो जाँचिरहेको दृश्य देखिएन। अरु बेला झै जो कोही सिधासिधै अस्पताल प्रवेश गरिरहेका थिए। 

अरु त अरु बेलायतबाट फर्किएका अभिभावकले बच्चामाथि शंका लागेर जचाँउन जाँदा पनि चिकित्सक सम्पर्कमै आउन नचाहेको नाम खुलाउन नमान्ने ती अभिभावक बताउँछन्। आइसोलेसनमा राखिएका ती बच्चाको रगत नमुना लिएर परीक्षणका लागि भने काठमाडौं पठाइएको छ। केहीबेरमा पीपीई पोसाक ल्याएर ल्याबका स्वास्थ्यकर्मीले बच्चाको रगत लिएका थिए। 

कोरोनाको शंका लागेका बिरामी जाँच्ने डक्टरका लागि लगाउने सुरक्षित पोसाक नै नभएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए। ‘पीपीई जम्मा एउटा छ’, डा. आचार्यले अन्नपूर्णसित भने, ‘प्रदेश सरकारसँग मागिराखेका छौं, केही दिनमै हुन्छ होला।’ अस्पताल आइरहेका सबैको ज्वरो नजाँचिएको विषयमा डा. आचार्यले सबैको जाँच्न आवश्यक नभएको बताए। 

‘सबैलाई जाँच्न जरुरी छैन’, उनले भने, ‘ज्वरो आएकालाई जाँच्ने हो।’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दैनिक १ हजार बिरामी पुग्छन्। 

निर्देशक आचार्यले पीपीई, रगत जाँच्ने किट र एम्बुलेन्स पनि अस्पतालसँग नभएको जानकारी दिए। उनले भने, ‘ज्वरो आएका बिरामी घरै पठाउनुपरे वा अरुलाई एम्बुलेन्समा घर पठाउनुपर्छ, तर हामीसँग एम्बुलेन्स नै छैन।’ 

प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले २ हजारभन्दा बेसी पीपीई आवश्यक पर्ने जानकारी यसअघि गराएका थिए। देशकै उक्त उपकरणको अभाव रहँदा गण्डकीमा पनि नपाइएको उनको भनाइ थियो। 

कोरोनाका शंकास्पद बिरामी राख्ने र उपचार गर्ने भनेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा केही बेडमात्रै छुट्याइएको छ। गण्डकी प्रदेश मन्त्रिपरिषदले पोखराका निजी तथा सरकारी ५० शैयाभन्दा माथिका सबै अस्पतालमा थोरैमा पनि ५ बेड आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको छ। क्वारेन्टाइनका लागि कृषि र सशस्त्र प्रहरी बलका तालिम केन्द्र तोकिएको छ। 

भारतीय लगानीको मणिपाल शिक्षण अस्पतालले भने तयारी राम्रै गरेको छ। डाक्टरको सुरक्षाका लागि लगाउनुपर्ने पीपीई पोसाक उसले आफैंले बनाएर उपलब्ध गराएको छ। स्यानिटाइजरसमेत आफै उत्पादन गरेको छ। अस्पताल छिर्ने सबै व्यक्तिलाई ज्वरो जाँचेरमात्रै प्रवेश अनुमति दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.