कोरोना त्रासले कर्णाली राजमार्ग राति बन्द

कोरोना त्रासले कर्णाली राजमार्ग राति बन्द

कालिकोट : कोरोना भाइरसको त्रासका कारण कर्णाली राजमार्ग रातको समयमा बन्द गरिने भएको छ। राति आठ बजेदेखि बिहान पाँच बजेसम्म राजमार्गमा आउजाउ गर्ने सवारी बन्द गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कालिकोटमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्न राजमार्ग हेल्थ डेस्क स्थापनासँगै राति सवारी नचलाउने निर्णय गरिएको हो। प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले कामका लागि भारत गएकादेखि देशभर रहेका स्थानीयको घर फर्किन घुइँचो लागेकाले कोरोनाको संक्रमणसँगै सवारी दुर्घटनाको जोखिम बढेपछि राजमार्ग बन्द गर्ने निर्णय गरिएको बताए।

कर्णाली राजमार्ग निश्चित समय मात्रै सञ्चालन गर्ने र राजमार्गबाट आवतजावत गर्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य परीक्षणका लागि जिल्लाका नौ वटै स्थानीय तहबाट एक÷एक जना स्वास्थ्यकर्मीलाई काजमा जिल्ला बोलाइएको छ। यस समयमा स्वास्थ्यकर्मीको बसोबास तथा खानपानका लागि सबै स्थानीय तहले सहयोग गर्ने निर्णय गरेका छन्। नौजना स्वास्थ्यकर्मीसहित ११ जना प्रहरीको टोली सोमबारदेखि कोरोना भाइरस र हेल्थ डेस्क व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरेर मंगलबारबाट काममा खटाउने तयारी छ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतका अनुसार अस्पतालमा पनि प्रतिकार्य टोलीका लागि एमडीजीपी डाक्टर विज्ञान प्रजापतिको नेतृत्वमा नौ सदस्यको टोली तयार पारिएको छ। कोरोना भाइरसको त्रासका कारण जिल्लाका सबै सरकारी कार्यालयले सेवा लिन आउने हरेक सेवाग्राहीलाई अनिवार्य साबुनपानीले हात धुने व्यवस्था मिलाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.