जर्मनीमा दुईभन्दा बढी बाहिर हिँड्न नपाइने, मर्केल पनि ‘सेल्फ क्‍वारेन्टाइन’मा

जर्मनीमा दुईभन्दा बढी बाहिर हिँड्न नपाइने, मर्केल पनि ‘सेल्फ क्‍वारेन्टाइन’मा

बर्लिन : कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न जर्मनीले दुई भन्दा बढीको जमघट तथा हिँड्डुल निषेध गरेको छ। बीबीसीका अनुसार दुई साताका लागि घर वा जुनसुकै स्थलमा दुई जना भन्दा बढीको जमघट निषेध गरिएको हो।

निर्मित नयाँ नियम सबैमा लागू गरिएको हो। यसको अनुगमन प्रहरी प्रशासनले गर्ने बताइएको छ। उल्लंघन गर्नेलाई प्रहरीले कार्बाही गर्नेछ।

चीनको वुहानबाट फैलिएको भाइरसबाट जर्मनीमा हालसम्म २४ हजार ८७३ संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ९४ जनाले ज्यान गुमाइसकेका छन् भने २६६ निको भएका छन्।

चान्सलर मर्केल ‘सेल्फ क्वारेन्टाइनमा’
यसैबीच जर्मन चान्सलर एन्जेला मर्केल ‘सेल्फ क्‍वारेन्टाइन’मा बसेकी छन्। उनले शुक्रबार भेटेकी एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै घरमा आइसोलेसनमा बसेकी हुन्।

६५ वर्षीय मर्केलले घरबाटै आवश्यक कार्य सम्पादन गर्ने उनका प्रवक्ताले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.