रोल्पामा यात्रुको स्वास्थ्य जाँच

रोल्पामा यात्रुको स्वास्थ्य जाँच

रोल्पा : रोल्पा आउनेको स्वास्थ्य जाँच गर्न थालिएको छ। ठाउँ ठाउँमा हेल्थ डेस्क राखेर कोरोनाबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी दिइँदैछ।

रोल्पाका पूर्वी ३ गाउँपालिका र सदरमुकाम लिबाङको प्रवेश नाका सुलिचौर स्थित काँडधारामा यात्रुको स्वास्थ्य जाँचको व्यवस्था छ। जिल्लामा आउने यात्रुलाई गाडीबाट ओरालेर ज्वरो नाप्ने, कोरोनाबारे अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने र तथ्यांक राख्न थालिएको सुनिल स्मृति गाउँपालिका–४ का वडाध्यक्ष गञ्ज क्षेत्रीले बताए। इलाका प्रहरी कार्यालय सुलिचौर, उद्योग वाणिज्य संघ, प्राथमिक स्वाथ्य केन्द्रको समन्वयमा वडा कार्यालयले सचेतनामुखी काम थालेको हो।

दक्षिणतिरबाट प्रवेश गर्ने होलेरी नाकामा पनि रुन्टीगढी गाउँपालिकाले यात्रुको स्वास्थ्य जाँच गर्दै आएको छ। ‘विभिन्न ठाउँमा हेल्थ डेस्क राखिएको र हात धुने व्यवस्था मिलाइएको छ,’ स्वाथ्यकर्मी कुलबहादुर डाँगीले भने। होलेरी नाका हुँदै दैनिक हजारभन्दा बढी यात्रु जिल्ला आइरहेका छन्।

सदरमुकाम लिबाङमा रोल्पा नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको छ। सत्प्रयास समूहको समन्वयमा दुई स्थानमा हात धुने ठाउँ बनाईएको छ। यात्रु ओर्लने र चढ्ने ठाउँमा साबुन पानी राखिएको छ। ठकुरी टोलवासीले जिल्ला समन्वय समिति प्रवेशद्वार नजिकै हात धुने व्यवस्थाका लागि साबुन पानी राखेका छन्।

सुनछहरी गाउँपालिकाले हात धुने व्यवस्था मिलाएको छ। ‘सार्वजनिक स्थलमा हात धुने ठाउँ बनाएका छौं,’ अध्यक्ष आशबहादुर पुनले भने, ‘गाउँपालिका क्षेत्र प्रवेश गर्ने यात्रुको स्वास्थ्य जाँच सुरु गरिएको छ। सहर र गाउँ आवतजावतमा रोक लगाउने तयारी गरेका छौं।’ देशका सहर र भारतलगायत विदेशबाट गाउँ आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न भनेको अध्यक्षले जनाए।

आइसोलेसन कक्ष तयार

कोरोना संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा राख्न होलेरीमा १५ शड्ढयाको आइसोलसन कक्ष बनिरहेको छ। रुन्टीगढी–६ मा हालै निर्मित अस्पताल भवनमा आइसोलेसन बनाउने तयारी भएको अध्यक्ष बालाराम बुढाले जनाए। रेउघा अस्पतालमा पनि आइसोलेसन कक्ष बनाइएको छ। सुनछहरी गाउँपालिकाले प्रत्येक वडाका स्वास्थ्य संस्थामा कम्तीमा २÷२ वटा बेडको व्यवस्था मिलाउने भएको छ।

गाउँपालिका नजिकको स्वास्थ्य संस्थामा ५ बेडको उपचार कक्ष वनाउने निर्णय गरिएको छ। कोरोनाविरुद्ध सावधानी अपनाउन समन्वय भैरहेको सीडीओ लक्ष्मण ढकालले बताए। उनले पूर्वतयारी र सावधानीले जोखिम घट्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.