सरकारी निर्णयको अवज्ञा : रोकिएनन् लामो दुरीका बस
बुटवल : सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक बस सञ्चालनमा रोक लगाए पनि बस सञ्चालन रोकिएका छैनन्। बुटवलबाट पहाडि जिल्लामा चल्ने बस सीट मात्राभन
सरकारको निर्देशन कार्यान्वयन गराउने कुनै निकायले चासो दिएका छैनन्। ट्राफिक प्रहरीले बस रोकेका छैनन्। कैयौं यात्रु बसपार्कमा छन्। पाल्पाको दोभानहुँदै कैयौं बस गुल्मी, पाल्पा, अर्घाखाँचीतिर गइरहेको स्थानीय विष्णुप्रसाद पाण्डेले बताए।
प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडिबाटै बस निर्वाद चलिरहेका छन्। प्रदेश सरकारका निकायले पनि बस सञ्चालनमा रोक लगाएका छैनन्। बुटवलमा अझै पनि मानिसको चहलपहल घटेको छैन।