फ्रान्सबाट नेपाल आएकी विद्यार्थीमा कोरोनाको पुष्टि

फ्रान्सबाट नेपाल आएकी विद्यार्थीमा कोरोनाको पुष्टि

काठमाडौं : फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको मन्त्री ढकालले जानकारी दिएका छन्। उनी फ्रान्सबाट चैत ४ गते नेपाल फर्किएको र होम क्वारेन्टाइनमा राखिएको अवस्थामा रुगाखोकी लागि परीक्षण गर्दा कोभिड–१९ भाइरस भोजिटिभ देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.