सेयर बजार एकसाता बन्द

सेयर बजार एकसाता बन्द

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार १ हजार २ सय ५१.४५ अंकमा झरेको छ। साताको पहिलो दिन १८.२ अंक घटेपछि नेप्से साढे १२ सयमा ओर्लिएको हो। १५ फागुनमा १६ सय ३२ अंक पुगेर ओरालो लाग्न थालेको सेयर बजार लगातार ओरालो लागेपछि लगानीकर्ता भने अतालिएका छन्।

आइतबार लगानीकर्ताको एक समूहले कोरोना भाइरस नियन्त्रण नहुँदासम्म सेयर बजार बन्द गर्न आग्रह गरेको छ। आइतबारै अर्थ मन्त्रालयले पनि नेप्से, नेपाल धितोपत्र बोर्ड लगायतसँग सेयर बजारको बारेमा छलफल गरेको थियो।

लगानीकर्ताले अर्थतन्त्र समस्याग्रस्त भएको बेलामा बजार सञ्चालन गर्दा जोखिम बढ्ने भन्दै बजार बन्द गर्न आग्रह गरेका थिए। तर, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने अर्थ मन्त्रालयले बजार बन्द नगर्ने निर्णय गरेको बताएका थिए।

अर्थ मन्त्रालयका अधिकारीले बैंक तथा वित्तीय संस्था अहिले पनि खुला रहेको र वित्तीय कारोबारमा समस्या नभएकाले सेयर बजार बन्द गर्न नहुने सुझाएका छन्। अहिले संसारका अधिकांश मुलुक ‘लकडाउन’ भएको अवस्थामा पनि त्यहाँका सेयर बजार बन्द नभएको नेप्सेका अधिकारी बताउँछन्।

फागनुमा केही लगानीकर्ताले अर्थमन्त्री डा.युवराज खतिवडा हट्ने हल्ला फिँजाउँदै ‘सेयर बजार उचालेको’ अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन्। त्यसअघि ११ सय अंकसम्म झरेको बजार छोटो समयमै साढे १६ सय अंकको नजिक पुगेको थियो।

नेप्से यसअघिको न्यूनतम् विन्दुमा फर्कन अझै १ सय ५० अंक घट्नुपर्छ। त्यसकारण अहिले कोरोना प्रभावलाई देखाएर बजारको गति रोक्ने गरी निर्णय लिनु आवस्यक नभएको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन्। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने केही लगानीकर्ताले प्रमुख कार्यकारी अधिकृत साउदसँग भेटेको बताए।

आइतबार होटेल, निर्जीवन बिमा कम्पनी र ‘अन्य’ समूहका परिसूचक उकालो लागे। बाँकी समूहगत परिसूचक ओरालो लागे। आइतबार लगातारजसो घटेको सेयर सूचकले लगानीकर्तालाई थप त्रसित पारेको छ। आइतबार नेप्सेमा १९ करोड ४६ लाख ४३ हजारको सेयर कारोबार भएको छ। यस दिन नेपाली सेयर बजारको पुँजीकरण १६ खर्ब १९ करोड ७३ लाखमा झरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.