रोकिएनन् लामो दुरीका बस
बुटवल : सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक बस सञ्चालनमा रोक लगाए पनि बस सञ्चालन रोकिएका छैनन् । बुटवलबाट पहाडी जिल्लामा चल्ने बस भीडभाड यात्रु बोकेर चलिरहेका छन् ।
सरकारको निर्देशन कार्यान्वयन गराउने कुनै निकायले काम गरेका छैनन् । ट्राफिक प्रहरीले बस रोकेका छैनन् । कैयौं यात्रु बसपार्कमा छन् । पाल्पाको दोभान हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची पुग्ने बस चलिरहेको स्थानीय विष्णुप्रसाद पाण्डेले बताए ।
प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडिबाटै बस निर्वाद चलेका हुन् । प्रदेश सरकारका निकायले पनि बस सञ्चालनमा रोक लगाएका छैनन् । बुटवलमा अझै पनि मानिसको चहलपहल घटेको छैन ।