साउदीमा कर्फ्यू : उल्लंघन गरे १० हजार रियल जरिवाना र जेल
रियाद : साउदी सरकारले कोरोना भाइरस नियन्त्रणका लागि सोमबारबाट २१ दिनका लागि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाएको छ। यस अबधिमा कसैले यसको उल्लंघन गरेमा १०,००० रियल जरिवाना तोक्नुकासाथै पुन उल्लघंन गर्नेलाई जरिवाना सहित २० दिन जेल चलान गर्ने निर्णय गरेको छ। अहिलेसम्म साउदी अरेबियामा कोरोना भाइरसबाट ५६२ जना संक्रमित भएका छन् । कसैको मृत्य भने भएको छैन्।
साउदी सरकारको यस्तो आदेशपछि नेपाली राजदुतावासले सबै नेपालीलाई यस नियमको पालना गरी सर्तकता अपनाउन आग्रह गरेको छ। साउदी अबरका लागि नेपाली महामहिम राजदूत डा. महेन्द्रप्रसाद राजपूत सिंहले साउदी सरकारले लगाएको कर्फ्युलाई सहनशिलताकासाथ यस समय बाहिर हिँडडुल नगरी निवासमै रहन सुझाव दिएका छन्।
हालसम्म साउदीमा रहेका कुनैपनि नेपालीलाई कोरोना संक्रमण नदेखिएको दूतावासले जनाएको छ। साउदीमा कार्यरत कुनै नेपालीलाई समस्या नहोस भन्दै नेपाली राजदुतावासले कुटनैतिक रूपमा छलफल गरिरहेको र राजदुतावासको पेज (embassy of Nepal riyadh) बाट समेत आवश्यक जानकारी दिइरहेको दूतावासले जनाएको छ। अनावश्यक रूपमा भ्रमित सूचनाहरू नफैलाउन रयस रोग सम्बन्धी कुनै समस्या परेमा राजदुतावासको नम्बर +९६६-०११४६१११०८ वा हटलाईन नम्बर +९६६५५९३८९६०० मा सम्पर्क गरी आवश्यक सल्लाह सुझाव र सहयोग लिन दूतावासले आग्रह गरेको छ।
यस भाइरसको लक्षण देखिएमा साउदी सरकारको health services centre को टेलिफोन ९३६ मा फोन गरी आवश्यक सल्लाह, सुझाव र परामर्श लिन अनुरोध गरेको छ।दूतावासले अनुरोध गरेको छ।