जेलमा कोरोना संक्रमणको जोखिम

जेलमा कोरोना संक्रमणको जोखिम

जनकपुरधाम : क्षमता भन्दा चारगुणा बढी कैदीबन्दी राखिएको महोत्तरीको जलेश्वर कारागार कोरोना (कोभिड—१९) भाइरसको उच्च जोखिममा रहेको छ।

 
एकै ठाउँमा २५ जना भन्दा बढी व्यक्ति जम्मा हुन नपाउने, बाहिरबाट आएका व्यक्तिसँग भेटघाट गर्दा विशेष सुरक्षा सतर्कता अपनाउनु पर्ने र मास्क तथा सेनिटाइजरको नियमित प्रयोग गर्नुपर्ने जस्ता निर्देशन सरकारले दिएको छ। 

तर, कारागारमा भने सामान्य स्वास्थ्य सतर्कता मात्र अपनाइएको जेलर मधुसुदन महासेठले बताए।

‘कैदीबन्दीका परिवारजनलाई भेटघाटमा रोक लगाएको छु,’ महासेठले भने, ‘भित्र साबुनले हात धुने व्यवस्था पनि मिलाएका छौँ। यो भन्दा बढी केही व्यवस्था गर्नसक्या छैन्।’

१३५ कैदीबन्दीलाई राख्न सक्ने क्षमता मात्र भएको जलेश्वर कारागारमा ५२६ बन्दी छन्। 

जसमा ४८२ पुरुष छन् भने ४४ जना महिला रहेका छन्। ४ जना नाबालिक पनि आमासँगै जेल भित्रै छन्। 

राणाकालमै बनेको जीर्ण कारागारमा १४ कोठा छन्। जसमा एउटा कोठामा ६० देखि ४० जनासम्म बस्छन्। राति सुत्न पनि सिफ्टको व्यवस्था गरिएको छ। 

‘२० जना एकपल्ट सुते भने ३० जनाले पालो कुर्नुपर्छ,’ जेलका चौकिदार रमेश सिंहले भने, ‘शौचालय बाहिरको बरन्डा र मन्दिरमा पनि कैदी जेनतेन कोचिएर सुत्छन्।’ 
कारागार भित्र ६ वटा शौचालय र एउटा मन्दिर छ। ठाउँ अभावमा कोचेर कैदी राख्नु पर्ने बाध्यता हुँदा त्रास बढाएको छ। 

‘नयाँ कैदीहरु नपठाउन अदालतलाई पटक–पटक अनुरोध गरेका छौँ,’ जेलर महासेठले भने, ‘तर, हिजो पनि दुईवटा नयाँ कैदी धनुषाबाट पठाइयो।’ बाहिरबाट आउने कैदीले भाइरस सार्ने बढी जोखिम रहेको महासेठ बताउँछन्। 

‘भित्र बस्ने प्रशासनका व्यक्तिको लागि केही थान मास्क उपलब्ध गराइए पनि कैदीको लागि केही छैन्,’ महासेठले थपे, ‘खाली सर्तकता अपनाउन परिपत्र गरिएको छ तर, यहाँ सब भगवान भरोसा छ।’

२२ थुना छुटे 
कोरोनाको जोखिमलाई हेर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिका मुद्दाबाहेकका थुनुवालाई रिहा गरेको छ। 
यसअघि संघीय संसद प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार धनुषाले थुनुवालाई हिरासतमुक्त गरेको हो। 

आइतबार र सोमबार गरी २२ जनालाई साधारण तारेखमा छाडिएको जिप्रका धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताए। सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागु औषधलगायतका सामान्य प्रकृतिका घटनामा संलग्भ भई हिरासतमा रहेका थुनुवा छाडिएको कार्कीले बताए। 

उनीहरुलाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरेर कानुनबमोजिम हिरासतमुक्त गरिएको हो। जिप्रका धनुषामा हाल विभिन्न प्रकृतिका मुद्दामा ६० थुनुवा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.