धादिङमा भारतबाट आएका २५ जना क्वारेन्टाइनमा

धादिङमा भारतबाट आएका २५ जना क्वारेन्टाइनमा

धादिङ : तीन दिनअघि भारतबाट फर्किएका नीलकण्ठ नगरपालिका ६ भोर्लेका ९ युवा सदरमुकामको क्वारेन्टाइनमा भर्ना भएका छन् । भारतमा कोरानाको संक्रमण फैलिएको र त्यहाँबाट आउनेमा पनि कोरोना लागेको हुनसक्ने आशंकामा उनीहरुलाई क्वारेटाइनमा राखिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु प्रसाद रिजालले बताए ।

त्यस्तै भारतबाटै आएका धादिङको गोगनपानीका १६ युवालाई गल्छि गाउँपालिका ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।  १६ जना युवामध्ये एकजनालाई ज्वरो आएपछि सबै जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद ज्ञवालीले जानकारी दिए । 

उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिनेछ । क्वारेन्टाइनमा राखिएका युवालाई खानाको व्यवस्था गाउँपालिका र नगरपालिकाले  गर्ने भएको छ।

धादिङ जिल्लाका सबै स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्य चौकी र विद्यालयमा बाहिरी जिल्लाबाट आएका र विदेशबाट आएकालाई निगरानीमा राख्नको लागि क्वारेन्टाइमा वार्ड बनाएका छन् । ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमल्सेनाले भने, 'पालिकाका ७ वटै वार्डका एउटा-एउटा विद्यालयमा क्वारेटाइन कक्ष बनाएका छौँ, आफ्नो वडा तथा गाउँमा कोही विदेशबाट आएका भए तत्काल क्वारेन्टाइनमा ल्याउन वडा सदस्य, स्वास्थ्यकर्मी र स्वयसेविकालाई खबर गरेका छौँ ।'

जिल्ला सदरमुकाममा बनाइएको क्वारेन्टाइन।तस्बिर : अन्नपूर्ण
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.