कोरोना संक्रमण रोक्‍न महानगरले सडकमा औषधि छर्किदै

कोरोना संक्रमण रोक्‍न महानगरले सडकमा औषधि छर्किदै

काठमाडौं : कोरोना भाइस रोकथाम गर्न काठमाडौं महानगरपालिकाले बुधबारदेखि महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ ।  विश्वव्यापी  महामारीका रूपमा फैलिंदै गइरहेको कोरोना भाइरसको संक्रमण महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

'काठमाडौं महानगपालिकाले बढी भीडभाड हुने भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकु अस्पताल, कालीमाटी तरकारी बजार, वीर अस्पताल अगाडिलगायतका स्थानमा आजबाटै कीटनाशक औषधि छर्कने कार्यको सुरुवात गरेको छ,' मेयर शाक्यले भने, 'सार्वजनिक स्थानमा किटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ।'
 

काठमाडौं महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीनवटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किने मेयर शाक्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.