प्यूठानमा तयार भयो १२ बेडको क्वारेन्टाइन

प्यूठानमा तयार भयो १२ बेडको क्वारेन्टाइन

प्यूठान : प्यूठान नगरपालिकाले विजुवारस्थित कालिका विकास केन्द्र नेपालको सभाहलमा १२ बेडको क्वारेन्टाइन तयार पारेको छ । कोरोनाको संक्रमणको संभावित बिरामी राख्नका लागि कक्ष तयार भइसकेको नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी गराए । 

कोरोनाको संक्रमणबाट हुन जोगिनका लागि क्वारेन्टाइनले विशेष राहत मिल्ने कक्षपतीले विश्वास राखे । यो सँगै नगरपालिकाले वडा नम्बर ४ स्थित खेलकुद मैदान पारीपट्टी बाझोबारीमा २५ बेड र पूण्यखोलास्थित खेलकुद कवर्ड हलमा १० बेड क्षमताको अरु क्वारेन्टाइन निर्माण प्रक्रिया अघि बढाएको छ । 

बिहीबारसम्म ती क्वारेन्टाइन तयार भइसक्ने नगरप्रमुख कक्षपतीले जानकारी गराए । उनले बाझोवारीमा क्वारेन्टाइन निर्माणका लागि शसस्त्र प्रहरी बल, कार्य तथा सीमा सुरक्षा विभाग (विपत व्यवस्थापन शाखा)बाट टेन्ट सहयोग भएको बताए । क्वारेन्टाइनमा पाँच÷छ जना स्वास्थ्यकर्मीलाई खटाइने छ । विपतको बेला खट्ने कर्मचारीलाई विशेष प्रोत्साहन गरिने समेत नगरप्रमुख कक्षपतीले बताए । 

झिमरुक गाउँपालिकाले पनि ओखरकोट मच्छि स्थित बालशिक्षा माध्यमिक विद्यालयमा ५ बेड क्षमताको क्वारेन्टाइन तयार पारेको छ । गाउँपालिकाका अध्यक्ष तिलक जिसीले क्वारेन्टाइनमा आवश्यक सामग्रीको व्यवस्थापन समेत तयार गरिएको बताए । भारतलगायत तेस्रो मुलुकबाट गाउँ भित्रने संख्या दिनानुदिन बढ्दै गइरहेकाले एक आपसमा सम्पर्क नगरी आफ्नै घरमा बस्न गाउँपालिकाले आव्हान समेत गरेको छ । भारत सहित अन्य मुलुकबाट गाउँ भित्रने संख्याको एकिन गर्न वडा वडामा तथ्यांक संकलन कार्य शुरु भइरहेको समेत जिसीले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.