कोरोना भाइरस : स्वास्थ्यकर्मीले बनाए व्यक्तिगत सुरक्षा उपकरण
डोल्पा : जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण आफै बनाएका छन्। बिरामीलाई उपचारका क्रममा सुरक्षित रहन प्लाष्टिकका व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) निर्माण गरेका हुन्।
स्वास्थ्य विभागले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) समयमा उपलब्ध नगराएपछि जिल्ला अस्पतालका डाक्टरहरुले बजारकै प्लाष्टीकबाट आफै निर्माण गरेर प्रयोगमा ल्याएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिइन् ।
उनका अनुसार डाक्टरले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) बनाएर नमुना जिल्ला प्रशासनमा पठाएको र अब बजारबाट प्लाष्टिक किनेर नेपाल आर्मीले सिलाउने छन्। रावलले भने, 'आपतकालिन बेलामा यतिसम्म भएपनि सुरक्षित हुनेछन्। माथिबाट सरकारले उपलब्ध गराउने बेलासम्म यिनै उपकरण प्रयोग गर्ने तयारीमा छौं।'
व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) कम्तीमा पनि १५ देखि २० थानसम्म निर्माण गरेर अस्पताल,आइसोलेसन कक्ष र क्वारेन्टाइनमा खटिने सबै स्वास्थ्यकर्मीलाई प्रयोग गर्न लगाउने डाक्टर सिजन रावलले बताए ।
यति बेला जिल्ला अस्पतालमा ग्लोब्स,माक्स,बुटलगायतका सामाग्रीको मौजात निकै कम छ । जोखिममा स्वास्थ्यकर्मीले काम गरिरहेका छन्।