कोराना संक्रमित युवतीसँगै आएका काभ्रेका ७ जना सम्पर्कमा
काभ्रे : नोबेल कोराना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएकी युवतीसँगै कतार एयरवेजको विमानमा नेपाल फर्केका काभ्रेका थप ५ जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका ४ जना धुलिखेलका रहेका र एक जनाको ठेगना पुष्टि हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए। बुधबार सम्पर्कमा आएका ३ महिला र २ पुरुष रहेको प्रजिअ तिमिल्सिनाले बताए।
सम्पर्कमा आएका व्यक्तिले बताए अनुसार सबै अमेरिकाबाट कतार हुदै नेपाल आएका हुन् । अहिले उनीहरु घरमै सेल्फ क्वरेन्टाइन बसिरहेको र उनीहरुलाई टेकु अस्पताल लैजाने बिषयमा छलफल भइरहेको तिमिल्सिनाले जानकारी दिए।
नोबेल कोराना भाइरस (कोभिड–१९)को पुष्टि भएकी युवतीसँगै विमानमा बनेपा नाला र धुलिखेल काभ्रे भञ्जाङका २ जना मंगलबार नै सम्पर्कमा आएका थिए । यससँगै कतार एयरवेजमा नेपाल फर्केका काभ्रेमा ७ जना सम्पर्कमा आएका छन् ।
लकडाउन नटेर्ने १९२ सवारी नियन्त्रणमा
काभ्रे जिल्लामा लकडाउन अटेर गरेर चलाइएका १९२ सवारीसाधन र २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक प्रहरी काभ्रेले बुधवार बेलुकासम्म उक्त सवारीहरु नियन्त्रणमै लिएर राखेकाछन्।
अत्यावश्यक काम बिना सडकमा हिडेका १७१ मोटरसाइकल, १२ वटा स्कुटर, ४ वटा कार, १ स्कार्पियो, ३ वटा मिनिट्रक, १ साइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिए । लकडाउनमा अटेर गरेर चलाएपछि नियन्त्रणमा लिएर बनेपा प्रहरी कार्यालयमा राखिएका मोटरसाइकल । तस्बिर : रोजन तामाङ