काठमाडौंबाट देखिएको सूर्योदय (फोटो-फिचर)

काठमाडौंबाट देखिएको सूर्योदय (फोटो-फिचर)

काठमाडौं : विश्व कोरोना भाइरस महामारीको सन्त्रासमा छ। कोरोना संक्रमण नियन्त्रण गर्न नेपालमा 'लकडाउन' लागू गरिएको छ। आज लकडाउनको तेस्रो दिन । लामो समय घरमै बस्नुपर्ने भएकाले कतिपय मानिसमा मानसिक तनाव बढिरहेको छ। उनीहरुमा एक किसिमको छटपटी भइरहेको छ। कतिपयले त सामाजिक संजालमा घरभित्र लामो समय बस्नुपर्दाको पीडा पोख्न थालेका छन्।

तर, यस्तो अवस्थामा नआत्तिकन नियमित शारीरिक व्यायाम तथा सकारात्मक सोचाइ राख्न सकियो भने पक्‍कै पनि शरीरले राहत पाउनेछ। शरीर फूर्तिलो राख्न बिहान सबेरै उठेर योगा, ध्यान तथा कुनै व्यायाम गरौं । योगले शरीर र मनलाई स्वस्थ राख्छ ।

शरीर स्वस्थ राख्न सूर्य नमस्कार अर्को विकल्प हो। यसको लागि कुनै विशेष ठाउँ वा टाढा जानुपर्दैन। घरबाटै सूर्य नमस्कार गर्न सकिन्छ। यसले सूर्यको उर्जा शरीरमा ल्याउँछ। सूर्य नमस्कार भनेको सूर्यको तेजबाट उर्जा लिनु हो। यो आसन सही समयमा गर्नु जरुरी हुन्छ।बिहानको समय उत्तम मानिन्छ। नियमित संगीत सुन्ने र पुस्तक पढ्नाले पनि तनावबाट मुक्त रहन सकिन्छ।


  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.