विदेशबाट रुकुम फर्केका ३३ जना क्वारेन्टाइनमा

विदेशबाट रुकुम फर्केका ३३ जना क्वारेन्टाइनमा

रुकुम : भारतलगायत विभिन्न देशबाट गाउँ फर्केका ३३ रुकुमेलीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। विदेशबाट गाउँ फर्केकाहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

विदेशबाट आएकाहरुलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने आशंकामा क्वारेन्टाइमा राखिएको हो। अहिलेसम्म रुकुम पूर्वमा ३२ जनालाई क्वारेन्टाइनमा राखिएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए। 

विदेशबाट आएका ४८ जनामध्ये १६ जनालाई विशेष निगरीमा होम क्वारेन्टाइनमा राखिएको र ३२ जनालाई सदरमुकाम रुकुमकोटमा रहेको रुक्मेनी माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको प्रजिअ अर्यालले बताए। 

होम क्वारेन्टाइनमा राखिएका र विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले जानकारी दिए। जिल्लामा निरन्तर भारतलगायत अन्य ठाउँबाट आएकाहरुको स्थानीय तह र प्रहरीको सहयोगमा तथ्यांक संकलन गर्नुका साथै उच्च निगरानीमा राखिएको बताइएको छ।

यस्तै रुकुम पश्चिममा पनि एक जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए। भारतको केरालाबाट फर्केका रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका २० वर्षीय एक युवालाई सदरमुकाम खलंगामा रहेको मुसिकोट खलंगा बहुमुखि क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको उनले बताए। 
ती युवामा कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नका लागि नमुना संकल गरेर काठमाडौं पठाइएको जिल्ला अस्पताल सल्लेका निमित्त प्रमुख डाक्टर राजकुमार भुजेलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.