'लक डाउन' बुझेनन् विराटनगरबासीले

'लक डाउन'  बुझेनन् विराटनगरबासीले

विराटनगर : विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरणका लागि सरकारले घोषणा गरेको लकडाउनको अर्थ सर्वसाधारणले बुझ्न नसकेको पाइएको छ ।  

लकडाउनको अर्थ नबुझ्दा सर्बसधारण सडक र पसलमा खुल्लेआम घुमफिर गर्दै आएका छन् ।  लकडाउनको बारेमा सर्बसाधारण बेखबर हुँदा सरकारको निर्णयविरुद्ध सडक र बजारमा खुल्लेआमा घुमफिर गर्ने गरेको पाइएको छ । 

सरकारले  १८ चैतसम्म लकडाउन घोषणा गरेको छ । तर प्रदेश १को राजधानी विराटनगर महानगरपालिको मधेशी र सीमाकृत बासिन्दाको बसोबास रहेको बस्तीमा लकडाउनको अर्थ बुझ्न नसकेको पाइएको हो  ।

विराटनगरको बजारमा प्रहरी आउँदा सडकमा जम्मा भएका भाग्ने तर प्रहरी गएपछि पुनः जम्मा हुने गरेको स्थानीय स्तरमा जोखिम समेत बढेको हो । प्रदेश १ को राजधानीमा बजार बाहिर अधिकांश पसलमा भीडभाड र सडकका पनि मानिसको चहलपहल रोकिएको छैन ।

आपत्कालीन अवस्थामा आमनागरिकको जीउज्यान रक्षाको लागि 'लकडाउन' घोषणा गरिन्छ । 'लकडाउन' को सीधा अर्थ बन्द, तालाबन्दी वा ठप्प हो । जुन गाउँ, सहर, क्षेत्र, संस्था वा देशमा लकडाउन गरिएको हुन्छ, त्यो भू-भाग ठप्प वा बन्द गरिएको हुन्छ।

चिया पसलमा बसेका स्थानीयहरु ।तस्बिर : जितेन्द्रनारायण ठाकुर

त्यस्तो अवस्थामा अनावश्यक रुपमा कसैलाई घरबाट बाहिर निस्किने अनुमति हुँदैन ।तर यहाका युवाको दैनिकी लकडाउनमा समेत फेरिएको छैन । ठाउँठाउँमा भेला हुने र हो हल्ला गर्ने  भएकाले जोखिम बढेको श्रीराम टोल संगठनको अध्यक्ष देवेन्द्र कामतले बताए ।

उनले जति बुझाए पनि स्थानीयले आफू खुशी सडकमा जम्मा भएर हो हल्ला गर्ने गरेको जानकारी दिए । उनले भने, 'प्रहरी आउँदा भाग्ने, प्रहरी जानासाथ फेरी जम्मा हुने गरेको छ ।' अब प्रहरीको मोबाइल टोली निरन्तर रुपमा खटाउनुपर्ने उनले बताए । 

लकडाउनमा मदिरा पसल समेत खुल्ला रहेकाले झनै टोल बासी जोखिममा परेको उनले बताए । स्थानीय मानबहादुर पहरीले लकडाउनको जानकारी नभएकाले सर्वसधारण दिनादिन जोखिममा परेको बताए। उनले स्थानीय तह र प्रहरीले संयुक्त रुपमा लकडाउनको अर्थ बुझाउन वडास्तरमा जागरण गर्नुपर्ने आवश्यकता भएको सुनाए । अहिले पनि प्रहरी आएर गएपछि आन्दोलनकारी जस्तै युवाहरु गर्ने गरेकाको उनको भनाइ रहेको थियो।

अधिकाशंमा अहिले पनि लकडाउनमा ५ बजे बेलुका खुल्ने र बजार मात्र बन्द हुने गरेको बुझाइ रहेको छ । यो कर्फ्यु होइन्,' मन्जीत मण्डले भने, 'प्रहरीले दादागीरी गरिरहेको छ ।' 'आन्दोलनको बेला पनि बजार खुल्छ, कर्फ्यू लगाइएको बेला सरसमान किन्न दिन्छन्, 'उनले भने, 'लकडाउनको नाममा प्रहरीले दादागीरी गर्दैछ।'

उता कतिपयले निरन्तर रुपमा प्रहरीको निगरानी बढाएर लकडाउनको उल्घंन गर्नेलाई कानुनी कारबाहीका लागि नियन्त्रणमा लिनुपर्ने समाजका अगुवाहरु बताउँछन्।      
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.