कोरोनाबारे परामर्श दिन धौलागिरी अस्पतालमा 'हेल्लो डाक्टर'

कोरोनाबारे परामर्श दिन धौलागिरी अस्पतालमा 'हेल्लो डाक्टर'

 बागलुङ : कोरोनाको आंशका भएको भन्दै बिरामी आउने क्रम बढेपछि धौलागिरी अञ्चल अस्पताल बागलुङले 'हेल्लो डाक्टर' सेवा सञ्चालनमा ल्याएको छ ।  अस्पतालमा कोरोनाको सम्भावित जोखिम र अन्य बिरामीको चाप बढेपछि लक डाउनको समयमा घरमै बसेर पनि डाक्टरको परामर्श लिने व्यवस्थासहित हेल्लो डाक्टर डेक्स स्थापना गरेको अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको आंशका वा लक्षण देखा परेका बिरामीले धौलागिरी अञ्चल अस्पतालका डा. अजय पोखरेल ९८६८८३९८२९, आकाश चित्रकार ९८१९१५५१६४, सचिन कोइराला ९८४६६४७३७५ र धिरेन्द्र पौडेललाई ९८५११७८७९१ मा फोन गर्न सक्नेछन् ।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएका र भाइरसको लक्षण देखा परेका नागरिकलाई फोनबाटै सल्लाह सुझाव दिइने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।

बाहिरबाट आएका नागरिकलाई फोनबाटै डाक्टरले सुझाव दिने र उनीहरुले सोही अनुसारको सतर्कता अपनाउन सक्ने उनको भनाई छ । ‘यो हामी सबैका लागि गम्भिर संकट र चुनौतिको समय हो, अस्पतालमा अरु सामान्य खालका बिरामीको चाप धेरै हुँदा त्यसले पनि थप जोखिम बढाएको महुशुस गर्‍यौं,  डा.पोखरेलले भने, 'गम्भीर अवस्था बाहेकका हकमा घरमै बसेर पनि डाक्टरको सेवा र परामर्श दिने र सबै नागरिकलाई घरमै सुरक्षित बस्नुस् भन्ने हाम्रो अभिप्राय हो ।'

ज्वरो, रुघाखोकी र कोरोना भाइरससँग सम्बन्धित लक्षण देखा परेका नागरिकहरुले मात्रै डेक्समा फोन गर्न अस्पतालले आग्रह गरेको छ । सामान्य रोगका बिरामीहरुले डाक्टरलाई फोन नगर्न अस्पतालको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.