बागलुङमा उपभोग्य पसलमा भीड रोक्न दूरी कायम

बागलुङमा उपभोग्य पसलमा भीड रोक्न दूरी कायम

बागलुङ : नोबेल कोरोना भाइरस (कोभिड -१९)को संक्रमणको जोखिम बढेसँगै बागलुङमा अत्यावश्यकीय पसलमा पनि दूरी कायम गरिएको छ । बजारका दैनिक उपभोग्य पसलमा बिहान र साँझ भीडभाड हुन थालेपछि बागलुङ उद्योग बाणिज्य सघंले जिल्ला प्रहरी कार्यालयसँगको पहलमा ग्राहकको लाइन बस्ने स्थानमा रेखांकन गरिएको छ । 

रेखांकन पछि पसलमा पनि भीड नहुने र कोरोनाको जोखिम रोकथाममा सहयोग पुग्ने बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । 'एक ग्राहक पछि अर्को ग्राहक बस्नका लागि ३ फिटको दूरी कायम गरिएको छ,' अध्यक्ष राजभण्डारीले भने, 'बुधबार १० ठाउँमा बनाएका छौं, बाँकी पसलमा बिहीबार तयार गरिनेछ । र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ ।'

दैनिक उपभोग्य पसललाई नेपाल सरकारले अत्यावश्यकमा राखेको छ । जसका कारण अरु व्यापार व्यवसाय बन्द गरिए पनि किराना दैनिक उपभोग्य सामानका पसल भने सञ्चालनमा छन् । बागलुङमा पछिल्लो समय कोरोनाको जोखिम बढी देखिएको छ । खासगरी भारतसहित विभिन्न देशबाट आएकाबाट जोखिम देखिएको छ । धौलागिरी अञ्चल अस्पताल मार्फत कोरोना आंशकामा दुईजनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

स्वाब संकलन गरिएका बिरामीमध्ये बानपा–७ का पुरुषको धौलागिरी अञ्चल अस्पताल बागलुङमा आइसोलेसनमा राखेर उपचार भइरहेको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र वि पोखरेलले जानकारी दिए ।

कोरोना संक्रमित १९ वर्षीयासँगै गत चैत ५ गते फ्रान्सबाट कतार हुँदै बागलुङ आएकी बागलुङ नगरपालिका ४ की एक महिलालाई भने घरमै क्वारेन्टाइनमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.