कालोबजारी गर्ने तीन जना पक्राउ
जनकपुरधाम : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको समयमा कालोबजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लक डाउनको फाइदा उठाउँदै कालोबजारी गर्ने तीनजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनुषा जनपरधाम उप–महानगरपालिका ४ वस्ने ४८ वर्षीय प्रदिप अग्रवाल, २० वर्षीय अंकित साह र अर्का २० वर्षीय विकासकुमार साहलाई प्रहरीको अनुगमन टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
घरबाट कोही कसैलाई बाहिर निस्कन आग्रह गरेको समयमा आलु प्रतिकिलो ५० रूपैयाँ र प्याज प्रति किलो १०० मा बेचिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।