कोरोना नियन्त्रण गर्न महानगरले यसरी छर्किदैछ औषधि  (भिडियोसहित)

कोरोना नियन्त्रण गर्न महानगरले यसरी छर्किदैछ औषधि  (भिडियोसहित)

काठमाडौं : महानगरपालिकाले बुधबार सुरु गरेको संक्रामक रोग नियन्त्रणका लागि (डीस-इन्फेक्टेन्ट) छर्कने कार्यक्रमलाई बिहीबार पनि निरन्तरता दिएको छ ।  महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सिमित स्रोत साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा औषधि छर्किने कामलाई निरन्तरता दिइएको बताए । 

'सिमित स्रोत-साधनका बीच पनि हामी निरन्तर काम गरिरहेका छौँ,' प्रमुख शाक्यले भने, 'कामका शिलसिलामा केही कमजोरी भएका हुनसक्छ । त्यसलाई हामी सुधार गर्नेछौं ।'  औषधि छर्किने कामलाई ३२ वटै वटा र अत्यावश्यकसम्म पुर्‍याउने पनि मेयर शाक्यले बताए  । 

बिहीबार ४ हजार लिटर क्षमताको जेट मेसिनले मखन टोलबाट सुरु गरेर बसन्तपुर हुँदै लगनटोल पुर्‍याइकएको छ।  अर्को जेट मिसिनले बानेश्वरहुँदै  विमानस्थलसम्म स्प्रे गरेको छ । तेस्रोले महाराजगञ्जलगायतका ठाउँमा स्प्रे गरिरहेको छ ।

आज ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिन र अन्य साना ट्याङकरले डीस-इन्फेक्टेन्ट औषधि छर्कने काम गरिरहेको महानगरपालिकाका वातावरण विभागका प्रमुख हरकुमार श्रेष्ठले जानकारी दिए ।  

आज टेकु, वीर अस्पताल, कालीमाटी फलफूल बजारलगायतका स्थानमा काम गर्ने उनले बताए । उनका अनुसार ठूला साना गरी दशवटा ट्याङकर परिचालन गरेकोमा सातवटाले अहिले महानगरमा काम गरिरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.