ज्यालादारी गर्नेलाई राहत घोषणा होस् : देउवा

ज्यालादारी गर्नेलाई राहत घोषणा होस् : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेका हुन्।

'कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्,' देउवाले टि्वटरमा लेखेका छन्, 'म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।'

उनले विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुनका लागि सरकारले गरेको लक डाउन उत्तम विकल्प भएको दावी गरेका छन्।

विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो। कोरोनाबाट सुरक्षित हुदाहुदै कुनै समुह भोकमारीको सिकार बन्न नपरोस् । म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।
जय नेपाल ।

— Sher Bahadur Deuba (@DeubaSherbdr) March 26, 2020

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.