भारतबाट फर्किएका बैतडीका ८५ जना क्वारेन्टाइनमा

भारतबाट फर्किएका बैतडीका ८५ जना क्वारेन्टाइनमा

बैतडी : भारतबाट फर्केका बैतडीका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बैतडीले क्वारेन्टाइनमा राख्न स्थानीय तहको जिम्मा लगाएको छ । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट मङ्गलबार आएका ८५ जनालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।  

दोगडाकेदार गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका १७ र सुर्नया गाउँपालिकाका ११ जना रहेका छन् । यस्तै पाटन नगरपालिका र मेलौली नगरपालिका ६-६ जना, पुर्चौडी नगरपालिकाका ४ र शिवनाथ गाउँपालिकाका २ जना रहेका छन् । मङ्गलबार बिहानैदेखि भारतबाट आएका यात्रुहरु कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका थिए । उनीहरूलाई प्रदेश सरकारका तर्फबाट सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था गरिएको थियो ।

अहिलेसम्म कोरोनाको प्रभाव जिल्लामा नपरेको भए पनि मानसिक र सम्भावित सङ्क्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन प्रजिअ पौडेलले आग्रह गरे ।  

एक हप्ताको अवधिमा भारतबाट बैतडी फर्किएका नागरिकको खोजी कार्य जारी राखेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । कुन ठाउँमा कतिजना मानिस जिल्ला भित्रिएका हुन् स्थानीय सरकारसँग समन्वय गरी वडावडामा स्थानीय जनप्रितिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्याङ्क सङ्कलन गरी सेल्फ होम क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पौडेलले बताए । 

यस्तै लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा घरटोल र छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भइ सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि र कर्मचारी लागिपरेको छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.