सिन्धुलीमा ५९ क्वारेन्टाइन र थप चार बेडको आइसोलेसन निर्माण

सिन्धुलीमा ५९ क्वारेन्टाइन र थप चार बेडको आइसोलेसन निर्माण

सिन्धुली : सिन्धुली जिल्लामा थप चार बेडको आइसोलेसन र ५९ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ। जिल्लाको सुनकोसी गाउँपालिकाको सहयोगमा खाल्टे स्थित आत्मीय सामुदायिक अस्पतालमा दुई बेड र गोलन्जोर गाउँपालिकाको सहयोगमा खुर्कोट स्थित सामुदायिक अस्पतालमा दुई बेडको गरी जम्मा चारबेडको थप आइसोलेसन बेड स्थापना गरिएको हो। 

जिल्लामा यस अघि सिन्धुली अस्पतालले तिन बेडको आइसोलेसन तयार गरी संचालनमा ल्याएको छ। ति आइसोलेसनका लागि आवश्यक पर्ने सबै श्रोत साधनको व्यवस्थापन गरिएको बताइएको छ। 
यस्तै कोरोना भाइरसको संक्रमण नियन्त्रका लागी शंकाश्पद व्यक्तिको निगरानीका लागि जिल्लामा ५९ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ। कमलामाई नगरपालिका र रेडक्रस शाखा सिन्धुलीको सहयोगमा बर्दबहादुर गण सिन्धुलीले कमलामाई नगरपालिका ६ स्थित भु–संरक्षण तथा जलधार व्यवस्थापन फिल्ड सेन्टर सिन्धुलीमा निर्माण गरेको ३९ बेड र दुधौली नगरपालिकाले दुधौली र सिर्थौलीमा १०/१० बेड गरी ५९ बेडको क्वारेन्टाइन स्थापना गरिएको हो। 

नगर क्षेत्रका संभावित व्यक्तिको लागि नगरले दुई स्थानमा गरी २० बेडको क्वारेन्टाइन स्थापना गरेको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिए। यस्तै जिल्लाका अन्य स्थानीयतहहरुले समेत कोरोना विरुद्धको सचेतना र पूर्व तयारीलाई तिव्रता दिएका छन्।

गाउँपालिकाका विभिन्न स्थानमा हेल्प डेक्स स्थापना, क्वारेन्टाइनको निर्माण र आइसोलेसनको व्यवस्थापनमा खटिएको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन बताउँछन्। ‘गाउँपालिकामा कम्तीमा पाँच सय बेडको क्वारेन्टाइन निर्माणका लागि काम भई रहेको छ,’ उनले भने।

कनपा ४ मा रहेको मोर्डन एपोल हस्पिटलको भवन, विद्यालय, कबर्डहल, केही सरकारी कार्यालयका साथै खुल्लामन्चमा समेत क्वारेन्टाइन निर्माणका लागि अध्ययन भईरहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे बताउँछन्।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.