कोरोना सचेतनाका लागि पिठ्यूमा ‘साउण्ड बक्स’

कोरोना सचेतनाका लागि पिठ्यूमा ‘साउण्ड बक्स’

रोल्पा : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसबारे सचेतनाका लागि गाउँगाउँमा अभियान चलिरहेका छन्। पूर्वीरोल्पाको दुर्गम पाङमाका गाउँगाउँमा सचेतना फैलाउन वडा अध्यक्ष र स्वास्थ्यकर्मी खटिएका छन्। पिठ्यूमा साउण्ड बक्स बोकेर गाउँगाउँमा डुल्दै कोरोनाबाट जोगिन गाउँलेलाई सचेत अभियान चलिरहेको छ। 

पाङ स्वास्थ्यचौकीका इन्चार्ज सुवेदी र लुंग्री गाउँपालिका–१ का वडा अध्यक्ष मति पुन केही दिनयता सडक नपुगेको गाउँमा साउण्ड बक्स बोकेरै प्रचारमा जुटेका हुन्। सडक पुगेका ठाउँमा वडा अध्यक्ष पुनले मोटरसाइकल चलाउने र स्वाथ्य इन्चार्ज सुवेदीले पछाडि बसेर माइकिङ गर्दै हिँडेका छन्।

१ हजार ४६ घरधुरी रहेको पाङमा गाउँमा ‘लकडाउन’को अवधिमा घरमै बस्न, साबुन पानीले नियमित हात धुन, तातोपानी पिउन सुचित् गरिदैछ। 

‘गाउँमा कोरोनाबाट जोगिने उपायबारे सचेतना पैmलाउन प्रचारमा जोड दिएका छौं’, स्वाथ्यकर्मी सुवेदी भन्छन्। 

विकट गाउँ पाङमा स्वास्थ्यकर्मी सुवेदीको पहलमा पूर्ण संस्थागत सुत्केरी वडासमेत घोषणा भइसकेको छ। केही दिनअघि भारतको दिल्लीबाट पाङ फर्किएका दुई घरपरिवारलाई ‘होम क्वारेन्टाइन’मा राखिएको छ। घर आएर परिवारसँग घुलमिल भएकाले दुई परिवारलाई छिमेकीमा आवतजावत् नगरी घरमै बस्न भनिएको छ। 

स्वास्थ्य कार्यालय परिसरमा कोरोना संक्रमणबाट जोगिन हात धुने व्यवस्था मिलाइएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.