क्वारेन्टाइन छाडी भागे एकै परिवारका ४ जना

क्वारेन्टाइन छाडी भागे एकै परिवारका ४ जना

दार्चुला : अपिहिमाल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका ८ जना मध्ये ४ जनाले क्वारेन्टाइन छोडेर भागेका छन् । भारतको बङलोरबाट आएका ८ जनामध्ये गाउँपालिकाको वडा नम्बर ६ का एकै परिवारका ४ जनाले क्वारेन्टाइन छोडेर भागेको गाउँपालिकाका अध्यक्ष धर्मानन्द सिंह मन्यालले जानकारी दिए । 

उन्ले भने, 'क्वारेन्टाइनबाट भागेका उनीहरुलाई वडा अध्यक्षको निगरानीमा राखिएको छ । कोरोनाको संक्रमण रोक्न १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको भए पनि क्वारेन्टाइन छोडेर भागेका हुन्  ।'

 प्रहरीले रोक्ने प्रयास गरे पनि उनीहरू भाग्न सफल भएको अध्यक्ष मन्यालको भनाइ छ ।  उनीहरुलाई परामर्श दिइ गाउँपालिकाको वडा नम्बर ५ रेलामा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ । यस्तै मार्मा गाउँपालिकाको वडा नम्बर ३ लटिनाथमा रहेको रष्कोट माविमा स्थापना गरिएको ३० शैय्याको क्वारेन्टाइनमा गाउँपालिकाका विभिन्न स्थानका १७ जनालाई  राखिएको गाउँपालिकाले जनाएको छ । भारतका विभिन्न सहरबाट आएका उनीहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको हो । 

  
 जिल्लाको नौगाड गाउँपालिकाका  ६ को सुकाखोलामा एक स्थानीयको घरमा क्वारेटाइन स्थापना गरी ३ जनालाई राखिएको गाउँपालिकाका अध्यक्ष प्रेम सिंह धामीले बताए । उनले गाउँपालिका २ दल्लेखमा रहेको पानीधारा आविमा १० शैय्याको क्वारेन्टाइन स्थापना गरेको पनि जानकारी दिए। 

कोरोनाको संक्रमण गाउँघरमा फैलिन नदिन जिल्लाका सबै जसो स्थानीय तहले क्वारेन्टाइन स्थापना गरिरहेका छन् ।  दुहुँ गाउँपालिका  ३ मा रहेको दुर्गास्थान प्राविमा क्वारेन्टाइन स्थापना गरी भारतबाट आएका ९ जनालाई राखिएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताए ।  

जिल्लाको महाकाली नगरपालिकामा ८ शैय्या, मालिकार्जुन गाउँपालिकामा ६ शैय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । शैल्यशिखर नगरपालिका, ब्याँस गाउँपालिका र लेकम गाउँपालिकाले पनि क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेका छन् । विद्यालयसँगको समन्वयमा आवश्यकता अनुसार क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरिएको सम्बन्धित स्थानिी तहका प्रमुखहरूले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.