भारतबाट आएका ७ जना क्वारेन्टाइनमा

भारतबाट आएका ७ जना क्वारेन्टाइनमा

सन्धिखर्क : रोजगारी गरी भारतबाट घर अर्घाखाँची आउँदै गरेका ७ जनालाई जिल्ला प्रशासन कार्यालयले क्वारेन्टाइनमा राखेको छ ।  सीमा नाका कृष्णनगरबाट कपिलवस्तु प्रशासनले जिल्लाको सिमाना पथ्थरकोटसम्म ल्याइदिएको थियो । त्यसपछि अर्घाखाँची प्रशासनले बिहीबार एम्बुलेन्सबाट सन्धिखर्क ल्याएर युवा वर्ष रविचित्र मावि हटारीको क्वारेन्टाइनमा राखेको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए  ।

उनीहरु  भारतको लुधियानाबाट आएका थिए। उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर निगरानी गरिने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए।  गड्डाचौकी नाका भएर आएका अर्घाखाँचीका २९ वर्षीय एकजना हालसम्म सम्पर्कमा नआएकाले खोजी भइरहेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.