कोरोना भाइरस : असुरक्षित एम्बुलेन्स चालक

कोरोना भाइरस : असुरक्षित एम्बुलेन्स चालक

धनगढी : कञ्चनपुर बेलौरी नगरपालिका लक्ष्मीपुर स्वास्थ्य चौकीका एम्बुलेन्स चालक सुवास चौधरी दैनिक बिरामी बोक्छन् । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला उनीसँग सुरक्षित उपकरण नहुँदा त्रसित छन् । मौसमी बिरामीको समय भएकाले उनी अहिले दैनिक धनगढी बिरामी पुर्‍याउनु पर्दछ । रुघाखोकी, ज्वरोलगायतका लक्षण भएका बिरामी बढेका छन् ।

'अहिले विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को लक्षण बिरामी देखिएपछि आफैलाई असुरक्षित भए जस्तो हुन्छ,' उनले भने । 'बिरामीले स्वास्थ्य संस्थामा छिटो छरितो पुग्न एम्बुलेन्स प्रयोग गर्छन् । तर, हामी चालक भने असुरक्षित भएका छौँ ।' सरकारले एम्बुलेन्स चालकका लागि आवश्यक मास्क, स्यानिटराइजरजस्ता वस्तुको व्यवस्था गर्न उनले माग गरे ।

कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि उच्च सर्तकता अपनाइएको छ । कैलालीलगायत देशभर लकडाउन छ । लामो दूरीका गाडि चल्न छाडेका छन् । तर, एम्बुलेन्स चालक भने जोखिम मोलेर सेवा गर्नुपर्ने बाध्यता रहेको गुनासो एम्बुलेन्स चालकको छ ।

नेपाल एम्बुलेन्स चालक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले एम्बुलेन्स चालक असुरक्षित भएको बताए । 'बिरामीलाई अस्पताल पुर्‍याउने हामी नै सुरक्षित छैनौं,' उनले भने। 'पुरै शरीर ढाक्ने सुरक्षित कपडा (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट (पिपिई) नै छैन् ।'

प्रदेश अध्यक्ष लक्ष्मणले एम्बुलेन्स पनि 'क्याविन' वाला नभइ सामान्य रहेकाले कोरोनाको संक्रमण चालकमा सहजै सर्न सक्ने बताए । एम्बुलेन्स चालकमात्र होइन स्वास्थ्यकर्मी पनि कोरोनाको संक्रमणको जोखिममा छन् ।

धनगढीमा रहेको प्रादेशिक अस्पताल सेतीमा बिहीबारसम्म १६ जनाको आशंकामा आइसोलेसन कक्षमा भर्ना भएका छन् । ती मध्ये ८ जनाको रिपोर्ट निगेटिभ आएको छ । अरुको रिपोर्ट आउन बाँकी छ । अस्पतालमा सामान्य बिरामी उपचारमा आउन छाडेका छ । ओपीडि सेवा बन्द छ । 

धनगढीको कैलाली अस्पतालका एम्बुलेन्स चालक प्रकाशसिंह धामीले कोरोना भाइरस संक्रमण फैलिएको बेला अहिले बिरामी बोक्न समस्या हुने गरेको गुनासो गरे । उनले अस्पतालले कोरोनाको संक्रमणबाट बच्न कुनै पनि उपकरण तथा वस्तुको व्यवस्था नगरेको बताए । 'एम्बुलेन्स चालकलाई सुरक्षित उपकरण आवश्यक छ,' उनले भने । सुदूरपश्चिममा अहिले एक सय ५० बढी एम्बुलेन्स चालक रहेका छन् ।  सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले भने, 'आइसोलेसन वार्डमा राखिएका बिरामीको निगरानी गर्ने चिकित्सकलाई आवश्यक सामग्री अभाव छ ।' उनले बिरामीको सम्पर्कमा जाँदा लगाउने लुगा, मास्कजस्ता सामग्री अभाव रहेको बताए ।

सेती प्रादेशिक अस्पतालमा सात शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । सात जनाभन्दा बढी बिरामी भएमा निगरानीमा राख्न गाह्रो हुने चिकित्सक गुनासो छ  । उनले उपचारका लागि चाहिने आवश्यक सामग्री अभाव भइरहेका बेला अस्पतालबाट प्रदेश सरकारलाई आपूर्ति गरिदिन भन्दै पत्राचार गरिएको बताए । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले विभागबाट 'पिपिइ' सामग्रीहरु माग गरिसकिएको बताए । उनले सामग्री पुग्ने वित्तिकै वितरण गरिने दावी गरे ।

सुरक्षा सामाग्रीको माग

सुदूरपश्चिमका एम्बुलेन्स चालकले सुरक्षा सामाग्री माग गरेको छ । संयुक्त एम्बुलेन्स चालकले प्रदेशका सामाजिक विकास मन्त्री र कैलाली प्रमुख जिल्ला अधिकारीलाई आवश्यक सामाग्री माग गर्दै निवेदन दिएका छन् ।

संघका प्रदेश अध्यक्ष लक्ष्मण सिंहले निवेदन मन्त्री कृष्णराज सुवेदी र कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई निवेदन दिएका बताए । एम्बुलेन्स चालकहरू असुरक्षित भएर एम्बुलेन्स चलाउन बाध्यता रहेको सो निवेदनमा उल्लेख गरेको छ ।

निवेदनमा एन्टी ब्याक्टेरियल स्प्रे र सुरक्षा सामाग्री (मास्क, पन्जा, एप्रोन, गमबुट, सेनिटाइजर) चालकलाई उपलब्ध गराउन माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.