राष्ट्रिय संकटमा सहमतिको सरकार : पौडेल

राष्ट्रिय संकटमा सहमतिको सरकार : पौडेल

काठमाडौं : कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक राष्ट्रिय संकटबाट गुज्रिरहेका सहमतिको सरकारको खाँचो औल्याएका छन्। 

उनले विश्वव्यापी संकटका रुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९)सँग जुध्न राष्ट्रिय सहमतिमा जोड दिए। उनले मुलुक संकटमा परेका बेला सहमतिको सरकार गठन हुने गरेको भन्दै अरु दललाई पनि समेटेर अगाडि बढ्न सरकारलाई सुझाए। 

‘यस्तो बेला राष्ट्रिय सहमति जुटाउनुपर्छ। आवश्यक परे सहमतिको सरकार बनाएर पनि चलाउनुपर्छ,’ बिहीबार साँझ समाजिक सञ्जाल फेसबुकबाट कोरोना भाइरसबारे आफ्नो धारणा व्यक्त गर्दै कांग्रेस नेता पौडेलले भने, ‘संकटमा बेलामा सहमतिको सरकार बन्ने प्रथा छ दुनियाँमा। सहमतिको सरकार बनाएर सञ्चाल गर्न सक्नुपर्छ।’ 

उनले सबैलाई समेटेर अहिले देखा परेको संकटबाट मुलुकलाई जोगाउन सरकारलाई आग्रह गरे। ‘सरकारले अरु दलहरुबाट पनि कस्तो सहयोगको अपेक्षा गरेको छ,त्यो पनि भन्नुपर्छ,’ उनले भने, ‘दलहरुले पनि सरकारलाई सहयोग गर्नुपर्छ।’

आमनागरिकको स्वास्थ्य सुरक्षाका लागि लकडाउन आवश्यक भए पनि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक ठूलो मारमा परेको बताए। उनले सरकारलाई तत्काल राहत कार्यक्रम ल्याउन पनि आग्रह गरे। 

‘मजदुर कामविहीन छन्। काम नभएपछि कसरी बाँच्ने ?’, उनले भने, ‘सरकारले उनीहरुलाई लक्षित गरेर राहत कार्यक्रम ल्याउनुपर्छ।’ 

भारतलगायतका अन्य देशले पनि नागरिकलाई लक्षित गरेर ठूला राहतका कार्यक्रम घोषणा गरिरहेको भन्दै नेता पौडेलले सरकारलाई पनि राहत कार्यक्रम ल्याउन ढिलाई नगर्न आग्रह गरे। 

‘आधुनिक राज्य भनेको जनताको अभिभावक हो। सबैको ख्याल गर्नुपर्छ। कल्याणकारी राज्यमा हरेक नागरिकबारे राज्य सचेत हुनुपर्छ,’ उनले थपे, ‘मुलुकबाहिर पनि ४०÷५० लाख नेपाली छन्, उनीहरुको स्वास्थ्यअवस्थाबारे पनि सरकारले ध्यान दिनुपर्छ।’ 

नेता पौडेलले अहिले विश्वव्यापी देखिएको महामारी मानवसभ्यताकै लागि चूनौति भएको उल्लेख गरे। उनले लकडाउन अवधिभर घरभित्रै बस्न आमनागरिकलाई आग्रह पनि गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.