नेपालमै पीपीई निर्माण

नेपालमै पीपीई निर्माण

काठमाडौं : स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट– पीपीई) स्वदेशमै बनाउन थालिएको छ । राष्ट्रिय आविष्कार केन्द्र, पाटन अस्पताललगायतले पीपीई निर्माण सुरु गरेका हुन् । कोरोना भाइरस संक्रमण आशंकामा आइसोलेसन र क्वारेन्टाइनमा बसेका व्यक्तिको निगरानी एवं उपचारका बेला स्वास्थ्यकर्मीले पीपीई लगाउँछन् ।

महावीर पुन नेतृत्वको केन्द्रले बुधबार पहिलो चरणमा पीपीईको नमुना तयार पारेको थियो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले नमुना परीक्षणको अवलोकन गरेका थिए । आफूले स्वीकृति पाएपछि काठमाडौंका दुई स्थानबाट पीपीई बनाउन थालेको पुनले जनाएका छन् ।

काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि लगाइने पीपीई स्वदेशमै निर्माण हुनु सुखद कार्य भएको बताए । ‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्ने बेला हो यो’, रजिस्ट्रार डा. अधिकारीले भने, ‘पीपीई स्वदेशमै बन्नु सामान्य विषय हो । तर, अभावका बेला स्वदेशमै बन्नु स्वागतयोग्य कुरा छ । त्यसलाई धेरै हेरिरहनुपर्दैन । अहिले त पीपीईको संख्या नै कमी छ । ’ पाटन अस्पतालमा पनि पीपीईलगायत सामग्री उत्पादन भइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार सम्भावित बिरामीको प्रारम्भिक उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनिवार्य पीपीई प्रयोग गर्नुपर्छ । काठमाडौंका वीर, त्रिवि शिक्षण, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताललगायतमै पीपीई अभाव देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली बुधबार बिहान पाटन अस्पताल पुगेको थियो । अस्पतालमा चार जना व्यक्ति पीपीई बनाउन अहोरात्र खटिरहेको भेटिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए । धुम्बाराहीमा पीपीई निर्माण कार्य भइरहेकाले केही आवश्यकता पूर्ति गर्न सहयोग पुगेको मन्त्री ढकालको भनाइ छ ।

मन्त्री ढकालले बुधबार आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा औजारजन्य सामग्री अभाव हुन नदिने अभियानमा जुटेको बताएका थिए । ‘पीपीईलगायत सामग्री हामी आफैं पनि निर्माण गर्न लागेका छौं’, उनले भने, ‘निर्माण पनि भइरहेका छन् ।’

यसका अतिरिक्त कीटजन्य सामग्री, थर्मल गन र अन्य आवश्यक सामग्रीका लागि सहयोगको आह्वान गरिने उनको भनाइ थियो । चीनमार्फत कतिपय सामग्री तीन दिनभित्र ल्याइने दाबी उनले गरेका थिए । यी सामग्री प्रदेश, जिल्ला, प्रभावित क्षेत्रसम्म मन्त्रालयको नेतृत्वमा लगिनेछ ।

स्वास्थ्यसचिव यादवप्रसाद कोइरालाले पनि बिहीबार पत्रकार सम्मेलनमा पीपीई गाइडलाइन बनाइदिएको बताए । ‘साधारण रुघाखोकी लागेको, ज्वरो आएको छ भने स्वास्थ्यकर्मी तथा चिकित्सकले मुखमा मास्क, आँखामा चश्मा र टोपी लगाएपछि संरक्षण गर्छ’, उनले भने, ‘दोसो चरणमा पूर्ण पीपीईको व्यवस्था छ । ’ सरकारले फिभर क्लिनिक सञ्चालनका लागि मुलुकभर हब अस्पताल बनाएको र हरेकलाई १० लाख बजेट विनियोजन गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.