लकडाउनः कोही एल्बम पल्टाउँदै, कोही दोहोरी गाउँदै

लकडाउनः कोही एल्बम पल्टाउँदै, कोही दोहोरी गाउँदै

जनकपुरधामप्रीय साथीहरु,

'विश्वव्यापी कोरोनाभाइरस महामारीको यस त्रासदीमा म सुरक्षित छु । सरकारले गरेको लकडाउन अवधिसम्म आफ्नो परिवारसहित घरमै बस्नेछु । कलेज लाइफमासँगै बिताएका त्यो सुनहरा क्षणहरु अहिले सम्झिदै छु । आउने दिनमा त्यसरी नै हामी खुब रमाइलो गरौंला भन्ने इच्छा छ । तिमीहरु पनि आ-आफ्नो घरमा सुरक्षित बसेका छौँ भनेर मैले विश्वास लिएको छु,' जनकपुरधामका समाजिक अभियन्ता सरोज रायले फेसबुकमा स्टाटस लेख्दैं २९ वर्ष अघिको साथीभाइसँगको फोटो पोस्ट गर्दै लेखेका छन् ।

उनले सबै साथीहरुलाई कोरोना भाइरससँग बच्न घरमै बस्न अनुरोध गरेका छन् । कोरोना भाइरसको महामारीले त्रासदीमा पुरा देश नै लक डाउन छ । यसबेला आफ्नो परिवारका सदस्य, इस्ट-मित्र, छिमेकी, स्कुल-कलेजका साथी, गुरु, शुभाचिन्तक आदि सबैलाई उनले सम्झिँदै एल्बममा संकलन गरेको तस्बिर पोस्ट गर्दै साथीलाई ट्याग गरेका छन् ।

'मैले सबै साथीलाई पुरानो फोटो पोस्ट गरेर ट्याग गरेको छु । तपाईंहरु पनि मलाई पनि १४ दिनसम्म पुरानो फोटो पोस्ट गरेर ट्याग गर्नुहोला । यो मेरो कोराना भाइसविरुद्धको च्यालेन्ज हो,' उनले साथी भाइलाई अनुरोध गरेका छन् ।

व्यापार व्यवसायमा सधैं व्यस्त रहने बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद गौतम देश लकडाउन भएपछि उनी स-परिवारका साथमा घरभित्रै छन् । कृष्ण परिवारजनसँग दिनमा दुई पटक दोहोरी गाउँछन् । उनी लोकदोहोरीमा रुची राख्छन् । गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर भन्ने गायक प्रकाश सपुतको भाकामा उनले करोना विरुद्धको सचेतनामुलक दोहोरी गीत रचेका छन् ।

लोकदोहोरीमा उनले कोरोनाबाट कसरी बच्ने हार्मुनियमको धुनमा गाउँछन् । उनकी श्रीमती राधा गौतम मादल ठोक्दै कृष्णले गरेको प्रश्नको उत्तर दोहोरीबाटै दिन्छिन् । कृष्णका चार वर्षीय नाती क्रिसब र ७९ वर्षीय आमा टंकमाया दोहोरीमा ताली पिट्दै भाका भन्दै रमाउँछन् । आमा- बुवा, हजुरआमाले गाएको दोहोरीको लाइभ कृष्णका छोरो केदारले फेसबुकमा डिजेको काम गर्छन्। 

यस्तो छ, यी परिवारको दोहोरी गीत 

कृष्ण : कोरोनाले संसार तर्सेको, काहाँबाट किटानु वर्षेको ?
 गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर

राधा : किटानुको नक्सा डल्ला छ, चाइनाबाट आएको हल्ला छ ।
 गलबन्दी च्यातियो तिम्ले तानेर...............।

कृष्ण : डर भयो कोरोना आएर, सर्प बिच्छी चमेरा खाएर ।
गलबन्दी च्यातियो तिम्ले तानेर...............।

राधा : सबैजना कम्मर कसौन, क्वारेन्टान्मा बसौंन ।
गलबन्दी च्यातियो तिम्ले तानेर...............।

कृष्ण : मरिन्छ  कि भनेर सचेत हुने हो, सरकारको आदेश मान्ने हो ।
गलबन्दी च्यातियो तिम्ले तानेर...............।

राधा : साग खोले खाएर पेट भरौं, जथाभावी हिडडुल नगरौं ।
 गलबन्दी च्यातियो तिम्ले तानेर...............।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश-२ का संरक्षक रहेको कृष्ण भन्छन्, ' दोहोरीबाट रमाइलो पनि हुन्छ, साथीभाइलाई समाजिक सञ्जालबाट दोहोरी गाएर मनोरञ्जनसँग सचेत पनि गराइरहेका छौं ।'

देश लकडाउन भएपछि मानिस सहरबाट घर फर्किएका छन् । कोरोना भाइरसबाट चार दिनदेखि बच्न घरभित्रै छन् । अरु समयमा फुर्सद नपाउने अहिले पुरा तस्बिर खोज्दै एलम्ब पल्टाउँदै छन् ।  पुरान दिन सम्झिदै रमाइरहेका छन् । कति गीत गाइरहेका छन् ।

महोत्तरीको भंगहाका समाजिक अगुवा गोपाल प्रसाद बराल चालिस वर्षपछि फिल्म हेर्दै छन् । कोरोना भाइरसबाट उनले आफूलाई घरभित्र लक डाउन गरेपछ उनलाई समय कसरी बिताउने चिन्ता थियो । उनले समय कटाउने उपाय निकाले फिल्म हेर्ने ।

'फिल्म हेरेको जुग बितेको थियो । २०३६ सालमा हाइस्कुल छोडेको पछि काम व्यवस्थाले महिले फिल्म हेर्ने फुर्सद भएन, उनले भने, 'कोरोनाको महामारीले गर्दा धेरै वर्षपछि राम्रोसँग घर बस्न पाएको छु । अहिले काम केही छैन, बाहिर कहाँ निस्कुने, निस्किन सकिदैन । सुनेका फिल्म सम्झी-सम्झी ल्याप्टपमा डाउन लोड गरेर हेरिरहेको छु ।'

उनले पार्टीसन् हिन्दी फिल्म हेरिरहेका छन् । भारतबाट पाकिस्तान विभाजित भएको कहानी देखाइएको छ ।उनले फेसबुकमा लेखेका छन्,  'विद्यार्थी छँदा शनिबार 'कन्सेसन शो' मा केही सिनेमा हेरेको सम्झन्छु । सामान्यतया म सिनेमामा दिलचश्पी भएको प्राणी हैन । अहिले कोरोना सन्त्रासबाट बच्न 'होम क्वारेन्टाइन' मा बस्नु पर्दा समय कटाउन यही सहारा खोजे । यसो मोबाइलमा सर्च गर्दा निर्मल पाण्डेको 'ट्रेन टु पाकिस्तान' मुवी अगाडि परेछ, त्यसैलाई 'क्लिक' गरेर अगाडि बढियो ।

समाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्ट गरेको साथीभाइसँगको २९ वर्ष अघि तस्बिर ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.