कोरोनाभन्दा पेटकै चिन्ता

कोरोनाभन्दा पेटकै चिन्ता

मलंगवा : कोरोना भाइस (कोभिड-१९) संक्रमणबाट बच्नका लागि सबैजना घरभित्र बसेपनि सर्लाही मलंगवाका राजनारायण यादव श्रीमतीसँगै खेतमा मसुरो उखाल्नमा व्यस्त छन् । मसुरो, चना, मटर, केराउ लगायतका दलहनबाली खेतमा सुक्दै गएपछि यादव ४ दिनदेखि श्रीमतीसँगै काम गर्दै आएका छन् । उनीजस्तै अरु किसान अहिले दलहनबाली उखाल्नमा व्यस्त रहेका छन् । 

अहिले बालीहरु उखाल्न सकिएन भने खेतमै सुकेर जाने चिन्ताले किसानलाई सताउन थालेको छ । बाली सुक्न थालेपछि कोरोनाको प्रवाह नगरी अहिले किसान खेतमा जाने गरेको छ । कोरोनाको डरले मजदुर नपाएपछि आफै बाली उखाल्न लागेको राजनारायणले बताए। रोगको डर लागेपनि मास्क लगाएर खेतमा पनि काम गर्दै आएको उनले बताए । बाली घरमा ल्याएनौं भने वर्षभरी के खाने भन्ने चिन्ता छ । परिवारमा ६ जना छौं । 'खेतकै कमाइले परिवार पाल्दै आएका छु,' राजनारायणले भने, 'बाली खेतमै नष्ट भयो भने वर्षभरी भोकै बस्नु पर्छ ।'

ज्यानलाई जोखिममा राखेर भएपनि खेतमा बाली उखाल्न आउनु परेको छ । एकले १४ कट्ठामा दलहन बाली लगाएका छन्। सबै उखालेपछि थ्रेसरमा कटाउनु पर्छ । बाली भित्रियाउने अझै एक हप्ता लाग्छ। मलंगवाकै जलेश्वरी देवी यादवले अहिले किसानलाई एक महिना फुर्सद नहुने बताएकी छिन्  । मसुरो, चना, मटर, केराउ लगायतका बाली भित्रियाउने बितिकै गहुँ काट्ने समय आउँछ । त्यसपछि रहर काट्नु पर्ने समय हुन्छ । 

घरभित्र लकडाउन भएर बस्यो भने बाली पुरै सखाप हुन्छ । दलहन बाली खेतमै झर्ने गरेको छ । 'एक हप्ताभित्र बाली भित्रियाउनुपर्ने हुन्छ, 'जलेश्वरीले भनिन् , 'होइन भने वर्षभरी मुखमा दाल पर्दैन् ।'

'अहिले कोरोनाको चिन्ताभन्दा बढी पेटको चिन्ता छ । दलहन बाली थोरै जमिनमा लगाएको छु । तर, गहुँ धेरै छ । लकडाउन लम्बियो भने कसरी गहुँ काट्ने त्यो चिन्ताले झन सताउन थालेको छ । मजदुर पनि घरबाट निस्कन सकेको छैन्,' दलहनबाली भित्रियाउने समयमा लकडाउन भएपछि खेतमै बाली सुक्न थालेको जलेश्वरीले दुखेसो पोखिन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.