कालिकोटमा ५४ जना क्वालेन्टाइनमा

कालिकोटमा ५४ जना क्वालेन्टाइनमा

कालिकोट : जिल्लामा भारतबाट फर्केका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको महामारी भएको देश भारतबाट फर्किएका व्यक्तिबाट गाउँमा कोरोनाको संक्रमण नहोस् भन्ने उद्देश्यले जिल्लाका ३ वटा स्थानीय तहले ५४ जनालाई क्वारेन्टाइनमा राखेको हो

जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतका अनुसार सान्नीत्रिवेणी गाउँपालिकामा ३८ जना, रास्कोट नगरपालिकामा ९ जना र पचालझरना गाउँपालिकामा ७ जना गरी ५४ जना विदेशबार फर्किएका व्यक्तिलाई क्वोन्टाइनमा राखिएको छ । उनले भने, 'जसमा पचालझरना गाउँपालिका ७ नुवाघरमा ७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । अन्य दुई स्थानीय तहले विद्यालय र पालिकाको कार्यालयमा व्यवस्था गरेको क्वारेन्टाइनमा राखेका छन् । 

उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा ६ सय १९ बेडको क्वारेन्टाइनको व्यवस्था गरेका छन् । जिल्लाको रास्बाटमा ४८ जना नागरिक गाउँ फर्किएका छन् । त्यसमध्ये ३८ जना क्वारेन्टाइनमा राखिएका छन् । यस्तै नरहरीनाथ गाउँपालिकामा ५० बेडको क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने भारतबाट १० जना गाउँ फर्किएका छन् ।

शुभकालिका गाउँपालिकामा ४० बेडको क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।उक्त गाउँपालिकामा भारतबाट १३ जना गाउँ फर्किएका छन् । यस्तै महाँवै गाउँपालिकामा ४१ बेडको क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने त्यहाँ भारतबाट ८६ जना गाउँ फर्किएका छन् । 

यस्तै तिलागफा नगरपालिकामा २० बेडको क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने भारतबाट फर्किनेको संख्या २८ छ। जिल्लामा कार्यरत ४ सय ८ जना स्वास्थ्यकर्मीमा ३ सय ८० जना स्वास्थ्यकर्मी कोरोनाविरुद्धको अभियानमा परिचालन गरिएका छन् । 

गाउँमा परिचालन गरिएका स्वास्थ्यकर्मीसँग सामान्य मास्क पनि छैन् । स्वास्थ्यकर्मी सुरक्षा सामग्री बिना नै गाउँमा स्वास्थ्यकर्मी परिचालन गरिएकाले उनीहरु पनि निकै जोखिममा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय सूचना अधिकारी महतले बताए।

उनले भने, 'जिल्लाबाट प्रदेशमा स्वास्थ्यकर्मी सूरक्षा सामग्री माग गरेका छौँ। तर आएका छैनन्। गाउँमा भारतलगायका विदेशी मुलुकबाट आउने हरेक नागरिकको निगरानी राख्न र उनीहरुको स्वास्थ्य अवस्था जाँच गर्न स्वास्थ्यकर्मी सक्रिय छन् 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.