घरमै पुगेर बिरामी लैजान सिडिओले दिए पास
सन्धिखर्क : प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पाणिनि गाउँपालिका-२ पोखराथोकमा पुगेर विरामी उपचारमा लैजान पास उपलब्ध गराएका छन्। क्वारेन्टाइन कक्ष तथा लकडाउनको अवस्थाको बारेमा बुझ्न अनुगमनमा निस्किएका प्रमुख जिल्ला अधिकारी पौडेलले बिरामी बच्चालाई उपचारका लागि बुटबल लैजान पास उपलब्ध गराएका हुन्।
सन्धिखर्कबाट पोखराथोक पुग्न गाडीमा २ घण्टा लाग्छ। सिकिस्त ४५ दिनको बिरामी बच्चालाई उपचारको लागि बुटबल लैजान घरमै पुगेर बच्चाको बुवालाई गाडी पास उपलब्ध गराएपछि बिरामीका आफ्ना खुशी भएका छन्। एम्बुलेन्स अन्य बिरामीको उपचारमा भएपछि उनीहरु गाडी कसरी लैजाने भनेर चिन्तित बनेका थिए। उक्त गाउँपालिकाका विभिन्न वडामा पुगेर प्रजिअ पौडेलले क्वारेन्टाइन कक्षको अनुगमन गरेका हुन्।