धादिङका ५ सांसदद्वारा कोरोना कोषमा १ महिनाको तलब जम्मा

धादिङका ५ सांसदद्वारा कोरोना कोषमा १ महिनाको तलब जम्मा

धादिङ : संघीय संसद तथा प्रदेश संसदमा धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने ५ सांसदले आफ्नो एक महिनाको तलव सरकारले स्थापना गरेको कोरोना सचेतना कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

धादिङ जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने बागमति प्रदेशका चारै जना प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, शालिकराम जम्कटेल, डा. रामकुमार अधिकारी र जगत सिंखडा अनि जम्केटल बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीले कोरोना कोषमा आफ्नो एक महिनाको पारिश्रमिक बापतको रकम जम्मा गर्ने घोषणा गरेका हुन् । 

त्यस्तै धादिङ क्षेत्र नं १ का संघीय सांसद भूमि त्रिपाठीले पनि बिहीबार आफ्नो १ महिनाको तलव कोराना कोषमा जम्मा गर्ने घोषणा गरेका थिए ।  

कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेको अवस्थामा सबै तवरले तयारी रहन र सावधानी अपनाउन सासंदहरूले  धादिङका जनतालाई आग्रहसमेत गरेका छन् ।

उनीहरूले तीनै तहका सरकारले व्यवस्थित र प्रभावकारी काम गरिरहेकाले आतंकित नभइ सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । कोरोना नियन्त्रणका लागि सबै पक्षबाट भएको सहयोगको उच्च प्रशंसा गर्दै सांसदले सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्बद्ध सबैलाई धन्यवादसमेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.