कोरोनासँग जुध्‍न पार्टी कार्यकर्तालाई ओली-प्रचण्डले दिएको ७ बुँदे निर्देशनमा के छ ?

कोरोनासँग जुध्‍न पार्टी कार्यकर्तालाई ओली-प्रचण्डले दिएको ७ बुँदे निर्देशनमा के छ ?

काठमाडौं : सत्तारुढ दल नेकपाले कोभिड-१९ कोरोना भाइरसको महामारीलाई जित्नका लागि आफ्ना पार्टीका नेता, कार्यकर्तालाई ७ बुँदे निर्देशन दिएको छ। नेकपाका दुबै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त हस्ताक्षर गरी शुक्रबार पार्टी नेताहरुलाई पठाइएको विशेष परिपत्र-९ मार्फत ७ बुँदे निर्देशन गरिएको छ।

कोरोना भाइरसले सिर्जित विश्वव्यापी संकट र राष्ट्रको सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुट्नुपर्नेमा संर्किण स्वार्थमा अल्झिएर भ्रम फिजाउने वा सिमित साधान स्रोतका बाबजुद सरकारले गरेको प्रभावकारी कामहरुलाई समेत आलोचना गर्ने जस्ता नकारात्मक प्रवृतिहरु कतैबाट पनि प्रकट हुनु वाच्छनिय नहुने भन्दै राष्ट्रिय एकताका साथ सम्भावित खतराको सामना गर्नुपर्ने ओली-प्रचण्डले पार्टी पङक्तिलाई निर्देशन गरेका हुन्।

महामारीको समस्या र यसको प्रकृतिलाई गम्भिरतासाथ लिन र यथेष्ट सर्तकता एवंम सक्रियताका साथ परिचालन हुन पार्टी पङक्तिलाई अध्यक्षद्वयले निर्देशन गरेका छन्।

यस्ता छन् ७ बुँदे निर्देशन
- अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय संगठनहरुका तर्फबाट बैठक, भेला, सदस्यता नविकरणलगायतका सबै प्रकारका कार्यक्रमहरु स्थगित गर्ने। 
- कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकार र सरकारका अधिकारप्राप्त निकायहरुबाट गरिएका लकडाउनलगायतका सम्पूर्ण निर्णय, आव्हान र अपीललाई आफुले पूर्ण रुपमा पालना गर्ने र पालना गर्नका लागि आम जनसमुदायमा सन्देश प्रवाह गर्ने। स्वासथ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा सचेतना, पूर्व तयारी र सहयोगका लागि स्वयंम्सेवकको भूमिकामा परिचालित हुने। 
- कोरोना भाइरसको संक्रमणबाट जोगिन आफुले नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय सेनिटाइजरले हात सफा गर्ने, मास्क प्रयोग गर्ने, भीडभाडमा नजाने, खोकी वा हाछ्युँ लागेमा कुइना वा टिसुपेपरले मुख ढाक्ने, अन्य ब्यक्तिसँग कम्तिमा तीन फिट को दुरीमा रहनेलगायतका सर्तकताका तरिकाहरु अपनाउने। परिवार, छरछिमेक तथा आमजनसमुदायलाई पनि तदनुरुप नै सर्तकता अपनाउन प्ररित गर्ने, सघाउने। 
- हवाईमार्ग वा स्थलमार्गको प्रयोग गरी विदेशवाट आएका कुनै पनि ब्यक्तिलाई १४ दिनसम्म सेल्फ आइसोलेसन वा क्वारेन्टाइनमा रहन सघाउने। 
- कोरोना भाइरसको लक्षण देखिएको ब्यक्ति वा लक्षण देखिएको ब्यक्तिसँगको सम्पर्कमा आएको ब्यक्तिका बारेमा नजिकको स्वास्थ्य संस्थालाई सूचना दिने। त्यस्ता ब्यक्तिको यात्रा अभिलेख र कन्ट्याक्ट टेसिङ तयार गर्ने र राज्यका अधिकार प्राप्त निकाय वा नजिकको स्वास्थ्य सस्थालाई उपलब्ध गराउने। त्यस्ता ब्यक्तिको स्वास्थ्य परिक्षण र उपचार कार्यमा सघाउने। 
- सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रयोगशाला, अस्थायी उपचार केन्द्र, क्वारेन्टाइनलगायतका पूर्वाधार निर्माण गर्ने र तिनका लागि आवश्यक सामाग्री तथा स्वास्थ्य उपकरण जुटाउन सहयोग गर्ने। 
- कोरोना भाइरसको भयावह संक्रमणबाट जोगिन नेपाल सरकारले एक हप्तासम्म लक डाउन गर्ने निर्णय गरेको छ। समस्या फैलिन नदिन सरकारले यसलाई अपरिहार्य उपायको रुपमा अवलम्वन गरेको छ। अ‍नेक कठिनाइका बाबजुद सरकारको यो निर्णय तथा आव्हानलाई साथ दिनु र सफल तुल्याउनु प्रत्येक नेपालीको कर्तब्य हुन आएको छ। त्यसर्थ सरकारको यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सक्रिय भूमिका निर्वाह गर्ने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.