विपन्‍न, मजदुरलाई नगरपालिकाले  खाना खुवाउन थाल्यो

विपन्‍न, मजदुरलाई नगरपालिकाले  खाना खुवाउन थाल्यो

बागलुङ : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण सरकारले देशभर 'लक डाउन' गरेको छ । लक डाउनले बागलुङ बजारमा दैनिक रोजीरोटी गुमाएकालाई शनिबारदेखि नगरपालिकाले दिवा खाना खुवाउन सुरु गरेको छ ।   

बागलुङ नगरपालिकाले बानपा ४ कुडुँले स्थित शालिग्राम संग्रहालय तथा तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा दिवा खाना खुवाउन थालेको हो । 

जिल्ला सदरमुकाममा बसेर फुटकर मजदुरी तथा दैनिक ज्यालादारीमा काम गर्ने गरिब, विपन्नका लागि सञ्चाचलन गरिएको मेसबाट पहिलो दिन ६८ जनालाई खाना खुवाइएको मुक्तिनाथ वेद विद्याश्रमकमा स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए । उनका अनुसार यसबाहेक बजारमा सञ्चालित मानव सेवा आश्रमका ४० जना, अन्य इट्टा तथा उद्योगमा कार्यरत मजदुरलाईसमेत खाना खुवाइएको छ । 

मेस सञ्चालनका लागि नगरपालिकाले खाद्य सामग्रीको जोहो गरिदिएको छ भने मुक्तिनाथ वेद विद्याश्रमले खाना तयार गरेर बितरणको प्रवन्ध मिलाएको छ ।  

देश लक डाउनका कारण रोजीरोटी गुमेर बिहान बेलुका हात मुख जोर्न समस्या भएकालाई दिवा खाना खुवाइएको नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । ‘यतिबेला सिंगो विश्व संकटमा छ, जसको मार हामीले पनि भोगिरहेका छौँ,’ मेयर पौडेलले भने,‘यस कठिन संकटमा नगर क्षेत्रमा रहेका कुनै पनि नागरिक भोकै बस्न नपरोस् भनेर यस्तो व्यवस्था गरेका हौँ, यो लक डाउन अवधिभर सञ्चालन गरिनेछ ।’

नगरपालिकाले लक डाउनका कारण मजदुरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलव्ध गराउनका लागि वडास्तरबाट लगत संकलनको काम अघि बढाएको छ । नगरपालिकाले कोरोना रोकथामका लागि १५ लाखको राहत कोषसहित नगर  क्षेत्रमा कोरोना रोकथामका लागि किटनाशक औषधी छर्ने कार्य गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.