संक्रमितसँगै आएका २ जना गाउँ डुल्दै, ३ जना सम्पर्कविहीन

संक्रमितसँगै आएका २ जना गाउँ डुल्दै, ३ जना सम्पर्कविहीन

बेँसीसहर : धादिङका कोरना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिसँगै विमानमा आएका लमजुङका २ जना गाउँ डुल्दैछन् भने ३ तीन जना सम्पर्कविहीन छन् । विमानमा आएका लमजुङका ६ जनाको पहिचान भएकोमा एकजनालाई मात्र क्वारेनटाइनमा राखिएको छ । उनी पनि शुक्रबारसम्म गाउँ डुल्दै थिए ।

मर्स्याङ्दी गाउँपालिका-५ घेर्मुका युवालाई क्वारेन्टाइनमा राखिएको हो । उनलाई स्थानीय गंगामिलन आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमनाथ घिमिरेले जानकारी दिए ।

उनी दुबई सरजहाँ विमानस्थलबाट चैत ६ गते धादिङका संक्रमित आएको  एयर अरेयिबा एयरलाइन्सको जी ९५३५ विमानमा नेपाल आएका थिए । ६ गते काठमाडौं बसेर ७ गते उनी गाउँ आइपुगेको स्थानीयले बताएका छन् । 

धादिङका संक्रमितसँगै आएको जानकारी भए पनि उनलाई क्वारेन्टाइनमा राखिएको थिएन । गाउँमा लाहुरे आयो भन्दै आमा समूहले नाँचगानसमेत गरेका थिए । चैत १४ गते छोरीलाई ज्वरो आएपछि उनी जिल्ला सामुदायिक अस्पतालमा पुगेका थिए । अस्पतालले उनको ‘ट्राभल हिष्ट्री’ थाहा पाएपछि होम क्वारेन्टाइनमा बस्न फिर्ता पठाएको थियो । अस्पतालले फिर्ता पठाएपछि मात्र उनलाई विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । उनको स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। उनीसँगै श्रीमती र तीन वर्षीया छोरीलाई पनि क्वारेनटाइनमा राखिएको छ । 

संक्रमितसँगै आएका व्यक्तिको खोजविनमा ढिलाइ भएकोमा नागरिकले स्थानीय सरकारको आलोचना गरेका छन् । अझ अस्पताल पुगेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्नेमा घर फर्काएर सम्वेदनशीलता नदेखाएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको पनि आलोचना भइरहेको छ ।

३ जना सम्पर्कविहीन, २ जना घुमफिर गर्दै

दुबईबाट आएको विमानमा जिल्लाका ६ जना थिए । यीमध्ये ३ जना सम्पर्कमा भए पनि तीन जना अझै फेला परेका छैनन् । सम्पर्कमा आएकामध्ये बेंसीसहर नगरपालिकाको मालिङ र राइनासका युवालाई होम क्वारेन्टाइनमा छोडिएको छ । ‘उहाँहरू जनप्रतिनिधिकै सम्पर्कमा हुनुहुन्छ भन्ने जानकारी छ’, सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले भने, ‘क्वारेन्टाइनमा राख्नुपर्ने हो, गाउँतिर डुलिरहेको सुनेका छौँ ।’

विदेशबाट आएको तथ्याङ्क खोज्दै

रोजगारीका लागि भारतसहित तेस्रो मुलुकमा गएर फर्किएका ३० जनालाई क्वारेन्टाइनमा राखिएको छ । चैत १ गते यता विदेशबाट आएकामध्ये ३० जनालाई जिल्लामा निर्माण गरिएको विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको हो ।
क्व्होलासोथर गाउँपालिकामा १३ जना, मध्यनेपाल नगरपालिकामा १२ जना, मर्स्याङ्दी गाउँपालिकामा १ जना क्वारेन्टाइनमा राखिएको छ । उनीहरूमा ज्वरो आउने रुघाखोकी लागेका नभइ विदेशबाट आएकाले संक्रमित हुनसक्छ कि भनेर क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए । प्रजिअ खड्काले विदेशबाट आउनेको तथ्याङ्क संकलन भइरहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.