अण्डाबाट बनाइन्छ खोप, के कोरोना भाइरसको खोप पनि सम्भव छ ?

अण्डाबाट बनाइन्छ खोप, के कोरोना भाइरसको खोप पनि सम्भव छ ?

वासिंटन : थोरै मान्छेलाई मात्रै थाहा छ कि, कुखुराहरु कहाँ राखिन्छ ? तिनको स्थान राष्ट्रिय सुरक्षाको कारण गोप्य राखिन्छ । हरेक दिन ती कुखुराको दशौँ हजार अण्डा भण्डार गरिन्छ ।

जुन लाखौँ सरकारी अनुदानको रकमबाट तयार सुरक्षा संरचनाबाट संरक्षित गरिएको हुन्छ । तर ती अण्डा ब्रेकफास्टका लागि हैनन् । ती त तपाईँ हाम्रो साधारण फ्लूको औषधिको स्रोत हुन् ।

गत ८० वर्षदेखि सिंगो विश्व ‘इन्फ्लुएन्जा’ खोप उत्पादनका लागि कुखुराको अण्डामै आश्रित हुँदैआएको छ । गत फेब्रुअरीको अन्त्यसम्म अमेरिकाभर १ सय ७४ दशमलब ५ लाख डोज फ्लु भ्याक्सिन वितरण भयो । जसमध्ये ८२ प्रतिशत जति खोप अण्डामै आधारित थिए ।

प्रत्येक अण्डाबाट एक खोप उत्पादन हुन्छ । यसको मतलब यस फ्लु सिजनमा मात्रै अमेरिकाले १४० लाख अण्डा खर्च गरेको हुनसक्छ । फ्लु तथा सम्भावित महामारीका लागि अमेरिकी सरकारले १५ वर्षदेखि दशौं तथा सयौं लाख डलर आफूहरुसँग खोपका लागि प्रसस्त अण्डा छ भनेर पक्का गर्न खर्च गर्दैआएको छ ।

तर हाल विश्व नयाँ किसिमको संकटसँग जुध्नु परेको छ । नोवेल कोरोना भाइरस । जसबाट ५ लाख बढी संक्रमित भइसकेका छन् । साथै ३५ हजारको मृत्यु भइसक्यो । यसविरुद्ध भने खोप विकास भइसकेको छैन । तर यो ‘इन्फ्लुएन्जा भाइरस’ भन्दा फरक पनि हो । साथै अण्डाबाट खोप बनाउने परम्परागत तरिकाको यसका काम नगर्ने पनि विज्ञहरु बताउँछन् ।

संसारका वैज्ञानिकहरु यसको उपचार विधि खोज्न प्रतिष्पर्धा गरिरहँदा अमेरिकामा भएको अण्डाको भण्डारणले यसमा कुनै काम गर्दैन । अण्डामा आधारित खोपको विकास वैज्ञानिकहरुले १९३० को दशकमै पत्ता लगाएका थिए ।

इंग्ल्याण्डले १९३७ मा पहिलो पटक आफ्ना सैन्य बलहरुमा यसको परीक्षण गराएको थियो । अर्को वर्षपछि अमेरिकाले सोही खोपमार्फत आफ्ना सेनाको लागि खोप बनाउन थाल्यो । यसरी १९४० देखि अमेरिकामा यो आम रुपमा प्रयोगमा आयो ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अण्डाबाट खोप बनाउने पूर्ण प्रक्रियाका लागि कम्तिमा ६ महिना लाग्छ । तर सरकारले केही सिमित उत्पादन कम्पनीबाट मात्रै यस्ता खोप प्राप्त गर्छ ।

अण्डा उत्पादन गर्ने फार्मका बारेमा जानकारी पनि सर्वसुलभ हुँदैन । राष्ट्रिय सुरक्षाका लागि भन्दै यस्ता फार्मबारे जानकारी दिइँदैन । तर यस्ता अण्डा सस्तो भने हुँदैनन् । अमेरिकी स्वास्थ्य तथा मानवसेवा विभागका अनुसार हरेक वर्ष उच्च गुणस्तरीय अण्डा उत्पादन गर्न एक कम्पनीसँग तीन वर्षका लागि २०१७ मा ४२ लाख डलरको सम्झौता गरिएको थियो । यसवाहेक दशौं लाख डलरका सम्झौता समेत भएका छन् ।

यसरी अण्डामा प्रसस्त पैसा खर्च भएको छ । तर हरेक वर्ष अमेरिकाले फ्लुका लागि अस्पताल र उपचारमा १० दशमलब ४ बिलियन डलर खर्च गर्छ । र अण्डा मात्रै फ्लुका खोप बनाउन उपयोगी हुँदैनन् । अन्य बिमारका लागि खोप बनाउन पनि तिनको प्रयोग गर्न सकिन्छ ।

कोरोना भाइरसको खोप बनाउन किन अण्डाले काम गर्दैन ?

कोरोना भाइरस विश्वव्यापी महामारीको फैलिरहँदा धेरैलाई लाग्ला, अण्डाबाटै खोप बनाउन सकिँदेन र ? वैज्ञानिक र विश्वभरका सरकारहरु खोप विकासका लागि प्रतिष्पर्धारत छन् । तर अण्डा यसको उपाय हुन नसक्ने बताउँछन् हंगकंग युनिभर्सिटीका प्राध्यापक जोन निकोल्स ।

भिन्न प्रकृति र अन्य गुणका कारण कोरोना भाइरसले अण्डाभित्र अन्य भाइरसले झैँ काम गर्न सक्दैन । अमेरिकी अधिकारीहरु पछिल्ला वर्षमा अण्डाविनाका विकल्पहरुमा जोड दिइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प गत सेप्टेम्बरमा वैकल्पिक विधि उत्पादनका लागि स्वास्थ्य संस्थाको आवस्यकताका लागि एक आदेशमा हस्ताक्षर गरेका थिए ।

खोप निर्माणको लागि लाग्ने ६ महिनाको अवधि ढिलो हुनु पनि अन्य विकल्प खोजी गर्ने एक कारण बताइन्छ । अर्को कारण भनेको आपुर्ति जोखिमपूर्ण हुने गर्छ । यस्तो महामारीका बेला विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरुले कोरोनाको खोप बनाउन १२ देखि १८ महिना लाग्ने बताएका छन् ।

तर यति तीव्र महामारी फैलिरहँदा अधिकारीहरु पर्खन सक्दैनन् । साथै तत्काल ठूलो संख्यामा कुखुरा र अण्डा पनि उपलब्ध छैन । डब्लूएचओका अनुसार २० भन्दा बढी कोरोना भाइरसको खोप अण्डाविनाको प्रविधिबाट विकास हुने चरणमा छन् । तीमध्ये केही ‘एमआरएनए’ खोप हुन् । जसले प्रत्यक्ष शरीरको सेलमा रोगविरुद्ध लड्न प्रोटिन बनाउँछन् । सामान्यतः क्लिनिकल परीक्षण दुई चरणमा गरिन्छ । चरण १ मा केही दर्जन मानिसलाई समावेश गरिन्छ । जुन तीन महिनासम्म हुन्छ ।

यस्तै चरण २ मा सयौं मानिस सहभागी हुन्छन् । जसको लागि ६ देखि ८ महिनासम्म लाग्छ । कम्तिमा एउटा चरणको एउटा परीक्षण अमेरिकामा सुरु भएको छ । मार्च १७ मा एक सहभागीलाई यो परीक्षण गरियो । ६ हप्ता भन्दा बढी हरेक सहभागीलाई एक महिनाको अन्तरमा दुई फरक इन्जेक्सन दिइन्छ । वैज्ञानिकहरु भन्छन्, कोरोना भाइरसबारे थाहा नभएका धेरै कुरा छन् ।

(सिएनएनबाट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.