'भगवान'को घरमा कोरोनाको डर

'भगवान'को घरमा कोरोनाको डर

जनकपुरधाम : जस्तो सुकै विपत्तमा पनि मान्छेको एक मात्र सहारा 'भगवान' हुन्छन्। 'भगवानको घर कसैका लागि पनि बन्द हुदैंन्' भन्ने मान्यता हाम्रो हिन्दुधर्मावलम्बीहरु माझ छ। तर कोभिड-१९ को प्रकोप यस्तो भयावह भयो जसले भगवानको घरमा समेत ढोका थुनायो।

पछिल्लो दुई दिनदेखि जनकपुरको जानकी मन्दिरका प्रवेश द्धारहरु थुनिएका छन्। लकडाउनले पूरै सहर बन्द भए पनि आस्था र धर्ममाथि विश्वास राख्नेहरु मन्दिर जान छुटाएका थिएनन्। यस्तोमा कोरोना भाइरस सर्ने डरले मन्दिरको मूल ढोकाहरु बन्द गर्न बाध्य भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बताउँछन्। 'आजसम्म कहिले यस्तो भएको थिएन्। बन्द हड्ताल हुँदा पनि मन्दिर आउन कसैलाई रोकछेक भएन्,' दासले भने 'कोरोना सर्ने डरले प्रसाद वितरणमा समेत रोक लगाएका छौं र मन्दिरनै बन्द गर्नुपर्ने बाध्यता भएको छ।'

हुनत मन्दिरको गर्भगृह भने खुल्लै छ। जहाँ नियमित रुपमा भगवानको पूजाअर्चना हुन्छ तर, सर्वसाधारणले दर्शन र पूजापाठ गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ। मन्दिरमा प्रतिदिन गरीब र साधुसन्तहरुको लागि निःशुल्क भोजन खुवाउने गरिन्थ्यो। तर, कोरोनाको जोखिमलाई हेर्दै यी सबै कार्यक्रमहरु बन्द भएको छ। जानकी मन्दिर जस्तै यहाँको प्रसिद्ध राममन्दिरमा पनि ढोका बन्द गरिएको छ। 'यो महामारीका बेला मन्दिर आउनु साटो घरमै बसेर भगवानको नाम जप्नुस्,' मन्दिरका महन्थ राम गिरीसबैलाई आग्रह गर्छन्। 'भगवान सबैको मनमा बास गर्छन् उनलाई भेट्न मन्दिरनै धाउनु पर्छ भन्ने छैन्।'

कोरोनाको भयले यसवर्ष चैते दसैं र चैते छठलाई पनि पूर्ण रुपमा प्रभावित गरेको छ। चैते नवरात्रा सुरु भएको चार दिन बितिसक्दा पनि प्रसिद्ध राजदेवी मन्दिरमा पूजापाठ गर्न एक/दुई मात्र पुगेका छन्। मन्दिरलाई नवरात्राका लागि सजावट गरिएको छ। तर श्रद्धालु भने पूजापाठ गर्न डराएका छन्। अन्य वर्ष चैते छठका लागि पोखरीका डिलहरु झकिझकाउ हुन्थ्यो तर, यस वर्ष सोमबारदेखि सुरु हुने छठ पर्वको रौनक जनकपुरमा छैन्। अधिकांशले घरमै चैते छठ मनाउने तयारी गरेका छन्। वर्षमा दुई पटक षष्ठी तिथिमा छठ मनाउने परम्परा रहेको छ। कोरोना संक्रमणको डरले यस वर्ष पोखरी र सरोवरहरुमा छठ मनाउन नजाने अधिकांश श्रद्धालुहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.