संक्रमित युवती घरमै सेल्फ क्‍वारेन्टाइनमा बस्‍ने

संक्रमित युवती घरमै सेल्फ क्‍वारेन्टाइनमा बस्‍ने

बागलुङ  : कोरोना (कोभिड-१९) भाइरस संक्रमित एक युवती दुई महिना बेल्जियम घुमेर फर्किएकी हुन्। बेल्जियम बसेर फर्किएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया युवती कक्षा ११ मा अध्‍ययनरत छिन्।

धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र पोखरेलका अनुसार शनिबार उनलाई कोरोना भएको पुष्टि भएको थियो। उनको बुवा आमा बेल्जियममै छन्। उनी दुई महिना बेल्जियम घुमेर आएका हुन्।

युवतीले सुरुमा आफूलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षणसमेत गर्न आनाकानी गरेकी थिइन्। गत बिहीबार बागलुङ नगरपालिकाको बिशेष पहलमा स्वास्थ्यकर्मीको टोली पुगेर धौलागिरी अस्पतालमा ल्याई स्वाबको नमुना संकलन गरिएको थियो।

नमुना संकलन गरेर काठमाडौं पठाइएको थियो। युवती भने घरमै पुनः होम क्वारेन्टाइनमा बस्दै आएकी छिन्। संक्रमण पुष्टि भए पनि उनको अवस्था अहिले सामान्य रहेको छ। घरमै सेल्फ क्वारेन्टाइनमै राख्ने व्यवस्था गर्न निर्देशन दिइएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका निर्देशक बिनोदबिन्दु शर्माले अन्‍नपूर्ण अनलाइनसँग बताए ।

अहिले संक्रमण देखिएकी किशोरी चैत ४ गते नै कतार एयरवेजको 'क्यूआर ६५२' विमानबाट नेपाल आएकी हुन्। त्यही विमानमा आएकी १९ वर्षीया काठमाडौंकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो। त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो।

उक्त विमानमा आउने बागलुङका तीनजना छन्। अन्य होम क्वारेन्टाइनमै रहेका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ। जसमध्ये एक निको भएर घर गइसकेका छन् ।

दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.