जोमसोममा ठगिएकी जर्मनी नागरिक
जोमसोम : कोरोना भाइरस कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लगाएको लक डाउनमा राउण्ड अन्नपुर्ण पदयात्री ठगिएको एक जर्मनी महिलाले फेसबुकमार्फत खुलासा गरेकी छिन्। उनले मुस्ताङको मुक्तिनाथदेखि काठमाडौं यात्रा गर्ने क्रममा सवारी चालकबाट ठगिएको शुक्रबार फेसबुकमा उल्लेख गरेकी छिन्।
राउण्ड अन्नपूर्ण संरक्षित क्षेत्रको यात्रा गर्दै आउँदा मुक्तिनाथमा बसवालाले भाडा दरमा ठगेको ति महिला पर्यटकले फेसबुकमा आरोप लगाएकी छिन्। जर्मन बस्ने फेसबुक प्रोफाइलमा एकाटेरिना खोलोडिलिना नाम उल्लेख भएकी उक्त महिला पर्यटकले फेसबुक स्टाटसमार्फत नेपाल सरकार र पर्यटन बोर्डको ध्यानाकर्षण गराएकी छिन्। उनले जोमसोम आउँदा म लगायत सबै मेरो साथीहरुलाई यो सुन्दा अनौठो लागेको उल्लेख गरेकी छिन्। उनले मुक्तिनाथबाट काठमाडौं जाने सवारी भाडा दरबारेमा मुक्तिनाथका केही स्थानीयबासीसँग सोधपुछ गर्दा काठमाडौंका लागि १७ सय भाडा लाग्ने बताए पनि मुक्तिनाथ एक्याप चेकपाष्टका कर्मचारीले उक्त स्थानका लागि २५ सय भाडा लाग्ने उल्लेख गरेकी छिन्। उनले फेसबुक स्टाटसमा एक्यापले उल्लेख गरेको २५ सय भाडादरमा आफुहरु काठमाडौं जान सहमत भएको तर भोलिपल्ट जाने बेलामा बसका चालकले आफुसहितको ५४ यात्रुलाई ४२ सयका दरले भाडा असुल गरेको स्पष्ट पारेकी छिन्।