भारतबाट दैलेख आए ९ सय
दैलेख : भारतबाट दैलेख फर्कनेहरुको संख्या ९ सय पुगेको छ। जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलनलाई तीव्र बनाएको छ। पछिल्लो प्राप्त जानकारीअनुसार संक्रमण बढेसँगै भारतबाट दैलेख आउनेको संख्या ९०४ पुगेको छ।
भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण स्वास्थय सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्लाअधिकारी युवराज कट्टेलले बताए। यसैबीच जिल्लाका विभिन्न स्थानमा १८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। ३३ वटा आइसोलेशन कक्ष र तीन हाइ केयर युनिट तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। भारतबाट फर्कनेहरुको संख्या ९ सय पुगिसकेको भए पनि क्वारेन्टाइनमा बस्ने अहिलेसम्म १६ जना मात्र छन्। अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा राख्ने निर्देशन जिल्ला प्रशासन कार्यालयले दिएको छ ।