क्वारेन्टाइनमा बसेकाको आग्रह - 'कि व्यवस्थापन गर, हैन भने घर जान देउ'
डोल्पा : डोल्पामा एकै दिनमा ८६ जना क्वारेन्टाइनमा राखिएको छ । नेपालगञ्जबाट उद्धार गरेर डोल्पा ल्याएका ८६ जनालाई जिल्लाको विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको हो ।
विभिन्न स्थानमा स्वास्थ्य परीक्षण गरेर डोल्पा सदरमुकाम पुगेका डोल्पाका नागरिकलाई डोल्पामा पनि स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेव शर्माले जानकारी दिइन् ।
शर्माका अनुसार कुनैपनि नागरिकमा लक्षण देखिएको छैन ।हालसम्म सामान्य छन्। तरपनि क्वारेन्टाइनमा बस्नैपर्छ । कुल ५८ जना पुरुष २८ महिला गरी ८६ जना क्वारेन्टाइनमा बसेका छन्। जिल्लाको जुफालमा १३,डाँगिवाडामा १०,माझफालमा १६,दुनैमा ३३,डोल्पोबुद्धमा १३ र त्रिपूरा सुन्दरीमा २ जना घरमा क्वारेन्टाइनमा बसेका जिल्ला प्रशान कार्यालय डोल्पाले जानकारी दिएको छ ।
एकै साथ क्वारेन्टाइनमा राखिएका नागरिकले भने खान,बस्न,सुत्न व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन् । एकै बेडमा तीनजनासम्म सुत्नुपरेको र चिसोले रातभर सुत्न नसकेको उनीहरु बताउँछन्। 'समयमा खान पाइदैन। खाना मिठो छैन। पानीको समस्या पनि छ। चिसोले रातभर सुत्न नसकिएको एक युवतीले दुखेसो पोखिन्।उनले भनिन्,' स्थानीय सरकार र प्रशासनले हामीलाई अपहेलना गर्यो। कि व्यवस्थापन गर हैन भने घर जानदेउ।'
उनीहरुले पानी र शौचालयको व्यवस्था नहुँदा छिट्नै त्यसको व्यवस्था गरिदिन आग्रह गरेका छन् । तर यता स्थानीय सरकरले भने हामी व्यवस्थापनमा लागिरहेका छौं। सकेजति गर्ने जनाएको छ। तर, काईके गाउँपालिकाले भने आफ्ना ७ जना नागरिकलाई सबै व्यवस्थाप गरेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले दाबी गरिन् ।
चिकित्सक प्रहरी र जनप्रतिनिधिसहित क्वारेन्टाइनमा बसेका छन् । गाउँपालिकाको औषधि खरिदमा गर्न गएका शे फोक्सुण्डो गाउँपालिकाका स्वास्थ्य ईन्चार्ज रणबहादुर बुढा ठुलीभेरी नगरपालिका ५ का वडा अध्यक्ष र अन्य जनप्रतिनिधि प्रहरी समेत क्वारेन्टाइनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन्।