अर्घाखाँचीमा चारजना आइसोलेसनमा, २६ जना क्‍वारेन्टाइनमा

अर्घाखाँचीमा चारजना आइसोलेसनमा, २६ जना क्‍वारेन्टाइनमा

सन्धिखर्क : अर्घाखाँचीमा चारजनालाई आइसोलेशन र २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  चैत्र ६ गते युएइबाट शारजहाँ विमानस्थलहुँदै काठमाडौं आएका एकजना कैलालीका यात्रुमा कोरोना भाइरस संक्रमण पाइएको र सो विमानमा यात्रा गरी नेपाल आएका अर्घाखाँचीका चारजनाको जिल्ला प्रशासन कार्यालयले पहिचान गरेको छ ।

 
एउटै विमानमा ३ जना र थप एकजना गरी चारजनालाई सन्धिखर्कको बेलबाटिकामा रहेको आइसोलेसन कक्षमा राखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । युएइबाट आएका एकजना र भारतबाट आएका दुईजना गरी तीनजनाको स्वाबको नमुना संकलन गरी बुटवल प्रादेशिक अस्पताल पठाइएको डाक्टर गौतमले बताए । संक्रमण हुनसक्ने सम्भावना भएकोले उनीहरुमाथि निगरानी र आवश्यक उपचार प्रक्रिया सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिए । 

चार जनामध्ये भुमिकास्थान नगरपालिका-५ असुरकोटका एकजना, भुमिकास्थान नगरपालिका७ नुवाकोटका एक जना, र छत्रदेव गाउँपालिका ६ ठुलापोखराका एकजना र ट्याक्सी ड्राइभर गरी चारजनालाई सन्धिखर्कस्थित बेलबाटिकाको  आइसोलेसनमा राखिएको छ । 

सन्धिखर्क १ हटारीनेटामा १० जना, छत्रदेव २ को बल्कोटमा १० जना र भुमिकास्थान नगरपालिकामा ६ जना गरी २६ जनालाई क्वारेन्टाइनमा छन् ।  कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन गरेपछि अर्घाखाँची सुनसान छ । जताततै कोरोनाको त्रास छ । मानिस घर भित्रै बसेका छन् । 

सदरमुकाम सन्धिखर्क र चुत्राबेसी बजार सुनसान छ । तर गाउँका मानिस पशुको स्याहार तथा खेतीपातीमा लागेका देखिन्छन् । परिवार मात्र भएपनि उनीहरु काममा देखिन्छन् ।  जिल्लाका स्थानीय तहहरु क्वारेन्टाइन निर्माणमा जुटेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सबै स्थानीय तहमा क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय भएपछि स्थानीय सरकार पनि क्वारेन्टाइन कक्ष निर्माणमा जुटेका हुन् । 

अहिलेसम्म जिल्लाका ६ स्थानीय सरकारको पहलमा ३ सय २४ क्वारेन्टाइन कक्ष निर्माण भइसकेका छन् । अरु पनि थप गरिँदै छ । प्रत्येक वडामा पर्ने गरी क्वारेन्टाइन कक्ष निर्माणमा उनीहरु जुटेका हुन् । सन्धिखर्क नगरपालिकामा ३२, भुमिकास्थान नगरपालिकामा एक सय, शितगंगा नगरपालिकामा २५, मालारानी गाउँपालिकामा एक सय, पाणिनि गाउँपालिकमा ३० र छत्रदेव गाउँपालिकामा ३७ क्वारेन्टाइन कक्ष निर्माण गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.