‘सरकारको राहत हामी मरेपछि आउने पो हो कि ?’ (भिडियाे)

‘सरकारको राहत हामी मरेपछि आउने पो हो कि ?’ (भिडियाे)

बर्दिबास :‘के खाने घरभित्र बसेर ? भोकै बसिरहेको छु’, रामजी मुसहर दैलोमा बसेर दु:ख पोख्दै थिए,

‘धनिक(साँहु)सँग माग्दा दिंदैनन् । दैलो टेक्न दिंदैनन्, भाग-भाग भन्छन् । के खाने ? के गरि बाच्ने?’ 

के भन्छन्, धनीहरू ?

‘बाहिर बस, बाहिर ! भाइरस लागेको छ भन्छन्। माग्दा पनि दिंदैनौं भन्छन् ।’
कोरोनाको महामारीलेभन्दा भोकमरीले पहिला मरिने चिन्ता छ। ६५ वर्षीय रामजीलाई हातमुख जोड्ने चिन्ताले पिरोलिरहन्छ ।

अनि कसरी चलिरहेको दैनिकी?
उनले भने,‘दुःख सुख ! नुनपानी खाएर ।’

कति दिन भयो यसरी बाँचेको ?
उनी भन्छन्, ‘चार दिन भयो, हजुर ! बन्दीले हामी गरिवको टाट पल्टियो हजुर , टाट ! ’
महोत्तरीको बर्दिबास नगरपालिका–१४ का राजमजीलाई बुढेसकालले गाँजेको छ । उनी हिँड्न.सक्दैनन् । कम्मर र घुँडा दुःख्छ । उपचार गर्ने खल्तीमा रुपैयाँ छैन । त्यसमाथि कोरोना भाइरसको त्रास छ ।  सरकारको लकडाउनले रोगको भन्दा छाक टार्ने  चिन्ता थपिदिएको छ ।

उनलाई छोरो रञ्जितले कमाएर खुवाउँछन् । रञ्जित दैनिक ज्यालमा ट्रयाक्टर चाउँछन्। लकडाउनले ६ दिनदेखि देशै ठप्प छ । उनी पनि काममा जान सकेका छैनन् । कमाइ हुन सकेको छैन ।

‘खोइ सरकार कहिले आउने हो ? खानेकुरा कहिले दिने हो ?’, प्रश्न गर्दै रामजी भन्छन्, ‘ मरेपछि आउने हो कि ? थाहा छैन ।’एकीकृत नमूना मुसहर बस्ती सुन्दर छ । इटा रंगले पक्की घरको भित्ता रंगिएको छ, आकाशी रंगले छाएको जस्तापाता टलिकएका छन् । तर, कोरोना भाइरहेको त्रासले मुसहर बस्ती त्रसित छ । छाँक टार्न घरभित्र भएको चामल –दाल, नुनभुटन सकिइसकेको छ । लकडाउनले गाउँले काममा जान पाएका छैनन् । बजार बन्द छ । ज्यालामजदुरी गनै सबै ठाउँ बन्द भएको छ ।

'चुलो बल्न बन्द हुँदैछ । बच्चाको पेट भोकले छट्पाटाइरहेका छन्, निश्चल आँखाले दानापानी पाउने आश मारेका छैनन् ', बस्तीकै विसुनदेव मुसरहर बताउँछन्, ‘म सरकारलाई विन्ती गर्छु, हामीलाई भोकभोकै नराख्नुस् ।’

बस्तीका ३५ वर्षीय नथुनियाँ मुसहर पनि छाँक कसरी टार्ने ? भन्ने चिन्तामा छन् । उनी टायल फयाक्ट्र्रीमा काम गरेर जीविका चलाउँछन् । अहिले फयाक्ट्री लकडाउनले बन्द छ । 

‘बाहिर निस्कियो भने पुलिसले लखेट्छ । किन यस्तो बन्दीमा हिँडेको ? भन्छ', उनी भन्छन्, ‘बन्दीले धेरै समस्या भयो, भएको सबै रासनपानी सकिइसक्यो । आम्दानी छैन , भोको पेट मान्दैन । जता हेर्यो–उतै बन्द छ । कसरी बाँच्ने ?’ कोरोना भाइरसले हाम्रो दैनिकी बन्द गराइदिएको बताउँदै उनले थपिन्, ‘हामी गरिवका लागि सरकारले केही गर्नु पर्‍यो ।’

कोरोना भाइरेको आक्रमणमा परेर विश्वमा ३१ हजार ७७१ जनाले ज्यान गुमाइसेको छन् भने, ६ लाख ७८ हजार ९१० जना संक्रमित छन् । नेपालका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
कोरोना भाइरसबाट बच्न–बचाउन लकडाउन नै अचुक औषधी र उपचार हो । तर, लकडाउनले निमुखालाई घरभित्र भोकै-प्यासै सताइरहेको छ ।

राहत उपलब्ध गराउन गरिबले सरकारसँग माग गरेका छन् । एकीकृत नमुना मुसरहर बस्तीका अध्यक्ष विल्टु सादा भन्छन्,‘कोरोना भाइरसभन्दा पहिले भोकमरीले नै लग्छ जस्तो छ । सरकारले तुरुन्तै रासन, तरकारी,नुनतेल पठाउनु पर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.