पौडी खेलेरै नेपाल आएका प्रहरीको नियन्त्रणमा
दार्चुला : तीन दिनदेखि भारतको धारचुलामा अलपत्र परेका नेपाली मजदुर पुल बन्द भएपछि पौडी खेलेर नेपालतर्फ आउन थालेका छन् । सोमबार बैतडी जिल्ला डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्र राज खत्री महाकाली नदीमा पौडी खेलेर नेपाल आएका छन् ।
उनी भारतको रीमामा मजदुरी गरी घर फर्किँदा नेपाल लकडाउन तथा सीमा क्षेत्र बन्द भएपछि भारतको धारचुलामा तीन दिनदेखि अलपत्र थिए।
उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ ।