बुटवलमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

बुटवलमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

बुटवल : बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका पाल्पा रिब्दीकोटका बाबुराम थापा क्षेत्रीमा कोरोना नभएको पुष्टि भएको छ ।  मृत्यु भएपछि स्वाव परीक्षणका लागि टेकु पठाइएको थियो । टेकुमा गरिएको दुई पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको आइसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

दुवईबाट चैत ६ गते नेपाल आएका थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए । उनको तीन दिनपछि आइतबार मृत्यु भएको थियो ।  स्वाब परीक्षण नगरी अस्पतालले बिरामी राख्दा मृत्यु भएको उनकी श्रीमतीले बताएकी छन् । ज्वरो देखिएका उनले केही दिनअघि टाइफाइड भएको भन्दै औषधि पनि खाइरहेका थिए ।

आइसीयु समेत नरहेको अस्पतालमा राखिएकै कारण उनको मृत्यु भएको दाबि गरिएको छ । अस्पतालले भने अकस्मात श्वासप्रश्वासमा समस्या देखिएकाले मृत्यु भएको जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.