संक्रमित किशोरीसहित ११ जनाको स्वाब परीक्षणमा पठाइयो

संक्रमित किशोरीसहित ११ जनाको स्वाब परीक्षणमा पठाइयो

बागलुङ : संक्रमित फेला परेसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको तीव्र जोखिम देखिएको भन्दै बागलुङबाट एकै साथ ११ जनाको स्वाब परीक्षणका लागि सोमबार काठमाडौं पठाइएको छ । 

संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया किशोरीको दोस्रो पटक स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ भने उनका परिवारका ५ जना, सँगै यात्रा गरेका एक वृद्धा र उनलाई लिन गएका एक जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले बताए । 

यसका साथै एकै विमानमा आएका जिल्लाकै ढोरपाटनका एक युवक, बागलुङ नगरपालिकाका अर्की महिला र उनका नातेदारको नमुना संकलन गरेर पठाइएको हो  । ‘संक्रमित किशोरीको दोस्रो पटक परीक्षणका लागि पठाएका छौँ,अहिले धेरै सुधार भएको छ,’ डा.पोखरेलले भने,‘दोस्रो पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आउनेमा हामी धेरै आशावादी छौँ ।’

गत चैत्र ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल आएकी थिइन् ।  कतार एयरवेजको विमानमा सवार काठमाडौंकी १९ वर्षीया युवतिलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका यी किशोरीलाई पनि सामान्य ज्वरोसमेत देखिएकाले चैत्र १२ गते स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको थियो । 

टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाइएको स्वाब परीक्षणमा किशोरीमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सोही विमानमा आएका बागलुङ ढोरपाटनका युवाको पनि स्वाब परीक्षणमा पठाइएको छ भने अर्का एक महिलाको अवस्था भने अहिले सामान्य छ । उनीहरू अहिले होम क्वारेन्टाइनमा छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.